कपिलवस्तु - सशस्त्र प्रहरीद्धारा नक्कली सुनका गहना बरामद गरेकाे छ ।
कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ७ स्थित मर्यादपुरबाट मंगलबार गते सशस्त्र प्रहरीले करिब ३ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका नक्कली सुनका गहना बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त गहना सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरले बरामद गरेको हो ।
बरामद गहना सुठौली भन्सार कार्यालयमा बुझाईएको छ ।