Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #चितुवाको उद्धार
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
Search Here
समाचार
  • Home
  • समाचार
  • सुकचको ७ दिने चलचित्र छायांकन कार्यशाला सुरु
सुकचको ७ दिने चलचित्र छायांकन कार्यशाला सुरु
सोमबार, फागुन १५, २०७९
sunuwarrr
Hardik health
काठमाडौं– सुनुवार कलाकार तथा चलचित्रकर्मी (सुकच)समाजको आयोजना र चलचित्र विकास बोर्डको सह–आयोजनामा ७ दिनले चलचित्र छायांकन कार्यशाला आईतबारबाट सुरु भएको छ । संघीय सुनुवार सेवा समाजको भवन कोटेश्वर बालकुमारीमा एक कार्यक्रमको आयोजना गरि कार्यशालाको उदघाटन गरेको हो । उदघाटन समारोहमा आदिवासी जनजाति चलचित्र महासंघका वर्तमान अध्यक्ष पूर्खजित राईको प्रमुख आतिथ्यबाट कार्यशालाको सुरु गरिएको हो । यस कार्यशाला फागुन १४ गतेदेखि २० गतेसम्म सञ्चालनमा रहने छ । कार्यशालाको शुभ–कामना दिँदै अध्यक्ष राईले आगामी दिनमा सुनुवार जातिको चलचित्रमा आफ्नो जातिय पहिचान र रहन सहन झल्किने खालको चलचित्र बन्नेमा आफु विश्वस्त रहेको बताए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पनि जातिय पहिचान झल्किने खाल्का चलचित्र प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाए । त्यस्तै किरात राई चलचित्रकर्मी संघका अध्यक्ष केशव राई ‘युप्स’ले कार्याशालाको शुभ–कामना दिँदै जातिय चलचित्र जति बन्नु पर्थ्यो त्यति बन्न नसकेको बताए । उनले कार्यक्रममा बोल्दै सुनुवारहरुको चलचित्र कमै मात्रमा बनेको र सुनुवारहरुले चलचित्र बनाउनप्रति लगाव नदेखाएको बताए । उनी भन्छन्, ‘ चलचित्र समाजको एना हो । दक्ष जनशक्ति उत्पादन गरी सुनुवारहरुको पहिचान झल्किने खालको चलचित्र बनाउनु जरुरी छ । ’ कार्यक्रममा सुकचका संस्थापक अध्यक्ष अमृत बहादुर सुनुवारले आदिवासी जनजाति चलचित्र महासंघको दुई कार्यकाल अध्यक्ष भएर पनि दक्ष जनशक्तिको अभावका कारण सुनुवार जातिको चलचित्र बनाउन नसकिएको बताए । कार्यशालको शुभ–कामना दिँदै सुनुवारले चलचित्र मनोरञ्जनको साधान नबनाउन र जातिय पहिचानको खोज अनुसन्धन गरेर चलचित्र बनाउन आग्रह गरे । कार्यक्रममा सुकचका उपाध्यक्ष लक्ष्मी सुनुवारले प्रशिक्षणबाट उत्कृष्ट र दक्ष जनशक्ति सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले पाउनेमा आफू विश्वस्त रहेको बताए । कार्यक्रममा सुजु सुनुवारको स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन निर्भिक सुनुवारले गरेका थिए । ७ दिने यस कार्यशाला प्रशिक्षणमा पहिलो महिला सिनेमटोग्राफी सवनम मुखिया र ओस्कार कलेजका सिनेमटोग्राफी नकुल सुनुवारले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिने छन् ।
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १३:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध
सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध सोमबार, फागुन ११, २०८२
‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’
‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’ सोमबार, फागुन ११, २०८२
देश गफले होइन, कामले बन्छः अध्यक्ष साम्पाङ
देश गफले होइन, कामले बन्छः अध्यक्ष साम्पाङ सोमबार, फागुन ११, २०८२
प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान
प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान सोमबार, फागुन ११, २०८२
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल सोमबार, फागुन ११, २०८२
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा सोमबार, फागुन ११, २०८२
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति सोमबार, फागुन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP