Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #चितुवाको उद्धार
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
Search Here
समाचार
  • Home
  • समाचार
  • रित्तिँदै गाउँ, भरिँदै बजार
रित्तिँदै गाउँ, भरिँदै बजार
आइतबार, फागुन १४, २०७९
village
Hardik health
तनहुँ- “यो गाउँमा कुनै कार्जे पर्दा १२ पाथी चामलको भात पकाउनै पथ्र्यो । त्यसरी नपकाए पुग्थेन”, व्यास नगरपालिका–८ कोटथोकका ६८ वर्षीय रामसिं गुरुङले विगत सम्झँदै भन्नुभयो, “तर अहिले ती सबै एकादेशको कथा जस्ता भए । सत्तरी घर रहेको गाउँ अहिले सातमा झ¥यो । हेर्दा हेर्दै गाउँ रित्तियो ।” भारतीय सेनाका पूर्वसैनिकको बाहुल्यता रहेको उक्त गाउँमा त्यस समयका ठूला र आकर्षक घर अहिले पहिरो र झाडीले पुरिँदा कहिलेकाहीँ मन भक्कानिने गुरुङले बताउनुभयो । उहाँका दुई छोरा चितवनको शारदानगरमा घरजम गरेर बसेका छन् । पुख्र्यौंली जग्गा, जमिनको मायाले गर्दा ६३ वर्षीया श्रीमती मनसरासहित उहाँ भने गाउँमै बस्नुभएको छ । यस ठाउँमा उब्जाउ पनि राम्रो हुने भए पनि अधिकांश जमिन बाँझो छ । काम गर्ने कोही नहुँदा गाउँमा रहेको करिब दुई सय रोपनी जग्गा त्यसै बाँझिएको उहाँले बताउनुभयो । “गाउँका बुढापाका सबै आफ्ना सन्तान सँगै बसाइँ सरेर गए”, गुरुङले भन्नुभयो, “तर हामी केही घरका मानिस गाउँ छाड्न सकेका छैनौँ । हातखुट्टा चल्न छाडेपछि छोरा भएको ठाउँमा जाउँला भनेर यही बसेका हौँ ।” गुरुङका अनुसार गाउँको रौनक विगतमा उत्पात थियो । गाउँमा पिउने पानीको समस्या रहे पनि गाउँको बीचमा स्थापना गरिएको आकाशे पानी सङ्कलन ट्याङ्कीबाट समान तवरले खानेपानी वितरण गरिन्थ्यो । यहाँका युवा रोजगारीको क्रममा खाडी र युरोप गएर कमाएपछि छोराछोरीलाई राम्रो शिक्षा दिन भन्दै बसाइँ सरेर चितवन, पोखरा र काठमाडौँ गएकाले गाउँ नै सुनसान बनेको स्थानीय ५३ वर्षीया मनक्योरी गुरुङको भनाइ छ । “गाउँका छोराहरु कमाउने भएपछि छोराछोरीलाई राम्रो पढाउने भन्दै बुहारीहरु पनि सहरतिर जाने गरेका छन्”, गुरुङले भन्नुभयो, “हामी नपढेका बूढाबूढीलाई यही गाउँ प्यारो भयो ।” तनहुँका अधिकांश गाउँको दृश्य कोटथोकको जस्तै छ । व्यास–९ मा पर्ने दलभञ्ज्याङ गाउँमा कुनै समय ६०/६५ घरको ठूलो बस्ती थियो । नेवारहरुको बाहुल्यता रहेको यस गाउँमा अहिले कोही बस्दैनन् । प्रायःगाउँमै व्यापार गरेर बस्ने यहाँका मानिस जिल्लाका बजार डुम्रे, सतिस्वाँरा, दमौली, गजौडेलगायत पोखरा र काठमाडौँमा बसाइँ सरेर गएपछि गाउँ रित्तो छ । व्यास–९ कै मेवाबारीबाट समेत मानिस बसाइँ सरेर अन्यत्र गएपछि गाउँमा बस्ने कोही छैनन् । गाउँका युवाहरु वैदेशिक रोजगारीको क्रममा खाडी र युरोप जान थालेपछि तिनका परिवार पनि छोराछोरीलाई पढाउन भन्दै सहर बस्न थाले । व्यास–७ छापथोकमा रहेका १७ घर दलित एकैपटक बसाइँ सरेर बेँसी झर्दा गाउँ शून्य छ । यो गाउँ नजिकै ठूलो पहिरो गएपछि गाउँसमेत पहिरोमा पर्ने भयले आफूहरुले गाउँ छाड्नु परेको ५६ वर्षीय बिलबहादुर नेपालीले बताउनुभयो । गाउँमा रहेका १७ घर परिवारको करिब ५० रोपनी पाखो जमिन भने त्यसै बाँझिएर गएको उहाँले बताउनुभयो । “पानी पर्दा पहिरोले गाउँ नै बगाउँछ कि भन्ने भयमा बस्नु पर्ने अवस्था थियो”, नेपालीले भन्नुभयो, “अहिले बेंसी झरेपछि पहिरोमै परेर ज्यान जाला भन्ने चिन्ता भने छैन । जसोतसो दैनिक गुजारा चलेकै छ ।” आफ्ना दुई छोरा वैदेशिक रोजगारीको क्रममा खाडी मुलुकमा गएपछि नातिनातिनीलाई राम्रो शिक्षा दिन आफूहरुले गाउँ छाडेको उहाँले बताउनुभयो । खाडी या अन्य मुलुकमा गएर राम्रो आर्थिकोपार्जन गर्ने ग्रामीण क्षेत्रका युवाको पहिलो रोजाइ पोखरा, चितवन र काठमाडौँलगायतका ठूला सहरमा घडेरी किन्ने र घर बनाउने होडबाजी नै हुने गरेको दमौली बजार एकाइ समितिका अध्यक्ष भूपाल आलेले बताउनुभयो । शिक्षा, स्वास्थ्य र यातायातको सहज पहुँच पुग्ने भएकाले पनि गाउँ छाडेर सहर बजारतिर बसाइँ सर्नेको सङ्ख्या बढ्दै गएको उहाँले जानकारी दिनुभयो । “श्रीमान् विदेश जानेबित्तिकै काखका सन्तान च्यापेर श्रीमती बजारमा झर्नेक्रम बढ्दो छ”, आलेले भन्नुभयो, “त्यसले गर्दा गाउँ रित्तिँदै गएको छ ।” सन्तानलाई गुणस्तरीय शिक्षा दिने हुटहुटीले गर्दा आफूले दमौलीको एक कोठा भाडामा लिई श्रीमती र छोरालाई राखेर रोजगारीको लागि कतार हानिएको व्यास–६ स्याम्घाका ३३ वर्षीय रमेश श्रेष्ठले बताउनुभयो । “गाउँघरमा हामीले भनेजस्तो अङ्ग्रेजी शिक्षा पाएनौँ”, श्रेष्ठले भन्नुभयो, “हाम्रो सन्तानले हाम्रो जस्तो अवस्था नहोस् भनेर गाउँ छाड्न बाध्य भइयो ।” गाउँमा १२/१५ रोपनी पाखोबारी भएपनि श्रेष्ठले दमौली बजार नजिकै व्यास–५ चापाघाटमा चार वर्ष पहिले करिब १७ लाख रुपैयाँ खर्चिएर चार आना जग्गासमेत किनेको बताउनुभयो । भूगोल र आफन्तको प्रभावको आधारमा अधिकांशले गाउँबाट बजारतिर बसाइँसराइ गरेको पाइएको छ । पृथ्वी राजमार्ग क्षेत्रका बस्तीहरु भिमाद, दुलेगौँडा, खैरेनी, थर्पु, दमौली, डुम्रे, भानु, आँबुखैरेनीलगायतका बजारमा बसाई गरेर आउनेहरुको दर बढ्दो छ । ठिक्कको कमाइ गर्नेहरुको रोजाइ भने गाउँबाट यातायात, शिक्षा र स्वास्थ्यको पहुँच भएको बेंसी क्षेत्रका बस्तीमा परेको छ । प्रभावकारी भएन बाँझो जमिन सदुपयोग नीति बसाइँसराइ गरेर जानेलाई निरुत्साहित गर्न तनहुँका व्यास, शुक्लागण्डकी, भानु र भिमाद नगरपालिका तथा आँबुखैरेनी, देवघाट, बन्दिपुर, ऋषिङ, म्याग्दे र घिरिङ गरी छ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लाका सबै पालिकाले बाँझो जमिनलाई सदुपयोग गर्ने नीति ल्याए पनि त्यसको प्रभावकारी कार्यान्वयन र नियमन हुन सकेको छैन । बाँझो जमिन नराख्न प्रोत्साहन गर्ने स्थानीय तहहरुले ल्याएको नीति तथा कार्यक्रम नारामा मात्र सीमित छ । व्यास नगरपालिकाको कार्यालयले बाझो जग्गा सदुपयोग गर्नेलाई कर छुटको नीति ल्याए पनि त्यो पर्याप्त छैन । आलुको बिरुवा, प्याजको बिरुवा खरिदमा व्यक्ति, समूह वा सहकारीलाई व्यास नगरपालिकाको कार्यालयले ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरे पनि त्यसलाई पकेट क्षेत्र खेती विकास कार्यक्रमकारुपमा विकास गर्न नसक्दा अनुदानको कार्यक्रमले व्यावसायिक कृषक बढाउन सकेको छैन । गाउँमा उब्जनी गरिएको तरकारी खेतीको लागत मूल्य बढी पर्ने भएकाले आफूले घाटाको खेती नगरेको व्यास ११ तनहुँसुरका अगुवा सुन्तला कृषक केबी थापाले बताउनुभयो । दैनिक पानी लगाउन नसकिने र दमौली बजार पनि करिब १५ किलोमिटर टाडा पर्ने भएकाले आफूले तरकारी खेती नगरेर सुन्तला र एभोकाडो खेती गरेको उहाँले बताउनुभयो । ‘‘गाउँमा खाने पानीको लागि त विद्युतको भर पर्नुपर्छ”, थापाले भन्नुभयो, “त्यसैले तरकारी खेती नगरेर सुन्तला र एभोकाडो खेती गरेको हुँ ।” गाउँमा तरकारी खेती गर्ने व्यावसायिक कृषकलाई राज्यले अनुगमन र निरीक्षण गरी उचित अनुदानको व्यवस्था गरे गाउँघरमा बाँझो जमिन सदुपयोग हुन सक्ने आफूलाई लागेको थापाको भनाइ छ । पानी नलाग्ने क्षेत्रहरुमा अदुवा, हलेदोलगायतको खेतीलाई राज्यले प्रोत्साहन गरी बजारीकरणको व्यवस्थासमेत राज्यले गर्न सके गाउँमा बाँझो जमिन सदुपयोग हुने कृषक थापाले बताउनुभयो । ऋषिङ गाउँपालिका कार्यालयको नारा नै ‘ऋषिङ समृद्धिको आधार कृषि, संस्कृति, पर्यटन र पूर्वाधार’ रहेको छ । कृषि नै गाउँपालिकाको मुख्य आधार बुझेको यस गाउँपालिकाको कार्यालयले कोदो र मकैलाई गाउँपालिकाको पहिचान बनाउने नीति लिएको छ । तर उक्त नीतिलाई प्रभावकारी बनाउन गाउँपालिकाले पनि व्यावसायिक खेती गर्नेतर्फ कृषकलाई आकर्षित गर्न सकेको छैन । अन्य स्थानीय तहले समेत कृषिलाई प्राथमिकतामा राख्ने बताउँदै आए पनि दिगो प्रभाव पार्ने कार्यक्रम ल्याउन सकेको देखिदैन । बिउबिजन र जोत्नको लागि हाते ट्याक्टरमा अनुदानको अलावा म्याग्दे र व्यास नगरपालिका–१ को कार्यालयले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहनस्वरुप नगद रु १० हजार दिने नीति राखेको छ । यस्ता साना कार्यक्रमबाहेक ग्रामीण क्षेत्रमा व्यावसायिक कृषकको पहिचान गरी प्रभावकारी अनुदानको व्यवस्था गर्ने नीति कुनै पनि तहले प्रभावकारीरुपमा कार्यान्वयन गर्न सकेका छैनन् । बसाइँसराइले हराउँदै घैया धान बसाइँसराइको प्रत्यक्ष असर पाखोमा लगाइने घैया धान खेतीमा समेत परेको छ । चार/पाँच वर्षअघि व्यास नगरपालिकाको साँगे, भानुको फुर्सेटार, म्याग्देको दिर्बुलगायत सबैजसो पालिकामा रहेका पाखो टारहरुमा लगाइने घैया धान अहिले हराउँदै जानु चिन्ताको विषय रहेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । घैया घान खेती गर्नेको सङ्ख्या ह्वात्तै घट्नुमा बसाइँसराइ नै प्रमुख कारण रहेको केन्द्रका प्रमुख कुलप्रसाद तिवारीको ठम्याइ छ । “केही वर्ष पहिले तनहुँ घैया धान खेतीमा समेत चर्चित थियो”, केन्द्रका प्रमुख तिवारीले भन्नुभयो, “तर अहिले छिटफुटबाहेक कतै पनि घैया खेती गरेको देखिँदैन ।” बसाइँसराइ र वैदेशिक रोजगारीमा गएकाहरुको परिवारले पनि किनेरै चामल खाने चलनले गर्दा घैया धानखेती लगाउन बन्द भएको उहाँको भनाइ छ । केही वर्ष पहिले जिल्लाभरि करिब तीन सय हेक्टर क्षेत्रफलमा घैया धान लगाइने र करिब आठ सय मेट्रिकटनको हाराहारी उत्पादन हुने गरेको केन्द्रले जनाएको छ । घैया धानसँगै जिल्लामा अहिले चैते धान लगाउनेको सङ्ख्यासमेत ह्वात्तै घटेको छ । गतवर्ष एक हजार आठ सय पाँच हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकामा आठ हजार चार सय ८४ मेट्रिकटन उत्पादन भएको केन्द्रले जनाएको छ । विसं २०६० सालसम्म जिल्लामा नौ हजार हेक्टर क्षेत्रफलमा चैते धान गरिने तथ्याङ्क रहेको केन्द्रका प्रमुख तिवारीले बताउनुभयो । “वैदेशिक रोजगारीको कारण बसाइँसराइले गर्दा गाउँको बाँझो जमिन रहने दर बर्सेनि बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “बाँझो जमिनको सदुपयोग गर्नेलाई प्रोत्साहन र त्यसै छाड्नेलाई जरिवानाको व्यवस्था स्थानीय तहले गरे जमिन बाँझो हुने क्रममा कमी हुने थियो ।” तनहुँमा खेती गर्न योग्य रहेर पनि बाँझो रहेको जमिन १३ हजार पाँच सय ५१ हेक्टर रहेको छ । कूल ६५ हजार ६१ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहे पनि हाल ५१ हजार पाँच सय १० हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको केन्द्रले जनाएको छ । विदेश पलायन हुनेको दर वर्षेनी बढ्दै जिल्ला प्रशासन कार्यालय तनहुँबाट विद्युतीय राहदानी बनाउन सिफारिस गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । राहदानी बनाउन सिफारिस गर्न आउनेमा विदेश अध्ययन गर्न जाने तयारीका विद्यार्थी, वैदेशिक रोजगारीमा जाने युवा र आफन्त भेट्न विदेश जाने अभिभावकहरु रहेको प्रशासन कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०७९/८० को श्रावणदेखि माघसम्मको सात महिनामा राहदानी सिफारिस गरिएको सङ्ख्या गत आव २०७८/७९ मा सिफारिस गरिएकोभन्दा एक हजार आठ सय ५७ ले बढी छ । पछिल्लो सात महिनामा जिल्ला प्रशासन कार्यालयद्वारा तीन हजार सात सय ४६ महिलासहित १० हजार सात सय २२ जनाले राहदानी बनाउन सिफारिस गरिएको छ । राहदानी बनाउन आउनेमध्ये विदेश अध्ययन गर्न जाने तयारीका विद्यार्थी करिब ४५ प्रतिशत सोही अनुपातमा वैदेशिक रोजगारीमा जाने युवा र बाँकी १० प्रतिशत विदेश आफन्त भेट्न जाने अभिभावक रहेको सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १५:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध
सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध सोमबार, फागुन ११, २०८२
‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’
‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’ सोमबार, फागुन ११, २०८२
देश गफले होइन, कामले बन्छः अध्यक्ष साम्पाङ
देश गफले होइन, कामले बन्छः अध्यक्ष साम्पाङ सोमबार, फागुन ११, २०८२
प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान
प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान सोमबार, फागुन ११, २०८२
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल सोमबार, फागुन ११, २०८२
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा सोमबार, फागुन ११, २०८२
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति सोमबार, फागुन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP