काठमाडौं -नेपालमा नै पहिलो पटक रु.९९९ मा नै मोबाइल डिस्प्ले टच फेर्न पाईने भएकाे छ ।
पछिल्लो समय मोबाइल प्रयोगकर्ताहरुका लागि बिक्रीपछिको मर्मत शुल्क महंगो भईरहेकोमा मर्मत सेवा संचालन गर्दै आएको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनी इजी मोबाइल केयर प्रालिले नेपालमा नै पहिलो पटक "मात्र रु.९९९ मा मोबाईल फोनको डिस्प्लेको टच" फेर्ने सुविधा ल्याएको हो।
छ।
यस अन्तरगत चीन तथा कोरियामा निर्मित अत्याधुनिक मेसिन तथा प्रविधिको माध्यमवाट आईफोन, शाओमी, सामसङ, वानप्लस, ओप्पो, भिभो, रियलमी, इनफिनिक्स, नार्जो लगायत २६ ओटा भन्दा वढी ब्राण्डका ६०० भन्दा बढी मोडलका बिग्रिएका मोबाईलको "एलसीडी टच फेर्न" सकिने इजी मोबाइल केयर प्रालिका संचालक संजीत पौडेलले बताएका छन् ।
उनले नेपालमा नै पहिलो पटक यस्तो सेवा शुरु गरिएको जानकारी दिए। "मानिसहरुले अहिले डिस्प्लेको टच बिग्रिए पनि अधिक मूल्य तिरेर पुरै डिस्प्ले नै फेर्न बाध्य भएको हुँदा उनीहरुलाई बिग्रेको "डिस्प्ले टच" सस्तो मूल्यमा नै फेरिदिने र मर्मत सेवा दिईनेछ। यसले ग्राहकहरुको रकम बचत हुनेछ भने अनावश्यक झन्झट र दुख हुनेछैन्।" संचालक पौडेलले भने।
उनले भने, "नेपालमा आजको दिनमा हरेक घरमा हरेक व्यक्तिसँग स्मार्टफोन छ र त्यसमध्ये पनि कसैनकसैको फोन डिस्प्ले फुटेपनि मर्मत नगरी दुखका साथ चलाईरहेको छ।डिस्प्ले टचको मर्मत गर्न अहिलेको अवस्थामा कम्तिमा पनि २,५०० रुपैयाँ भन्दा धेरै खर्च लाग्ने हुँदा मर्मत नगरी चलाउने वा अर्को नयाँ फोन किन्ने गरेका छन्।"
उनले थप भने "तर हामीले लामो समयको अनुभव र अनुसन्धानबाट त्यस्ता समस्यालाई मध्यनगर गरी सुपथ मुल्यमा नै गुणस्तरीय सामान तथा सर्भिस उपलब्ध गराउने उद्देश्यले १०० दिनको ग्यारेन्टीका साथ रु.९९९ मा नै डिस्प्लेको टच फेर्न सकिने यो सेवा संचालमा ल्याएका हौं।"
हाल कुनैपनि मर्मत सर्भिस सेन्टरले मर्मत पछिको सेवामा १०० दिनको वारेन्टीसमेत दिन नसकेको अवस्थामा कम्पनीको विश्वसनियता र हालसम्मको ब्राण्डका कारण ग्यारेन्टी दिईएको पौडेलकाे भनाइ रहेकाे छ ।
सेवाग्राहीहरुलाई सस्तो मूल्यमा डिस्प्ले टच परिवर्तन गरिदिएपछि केहि राहत र सहुलियत हुने इजी मोबाइल केयरले अपेक्षा गरेको छ। यसले पुरानै फोनको डिस्प्ले फेर्न सहज हुनेछ भने नयाँ फोन किन्नुपर्ने ग्राहकहरुको बाध्यता हटाएर अन्तत मोबाइल आयातको लागि विदेशिने नेपालको मुद्रासमेत बचत गर्न सकिने उनीहरुले बताएका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९ ०८:१५