Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #चितुवाको उद्धार
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
Search Here
समाचार
  • Home
  • समाचार
  • सुनुवार समुदायमाथि कान्तिपुरको श्रृङ्खलाबद्ध आक्रमण: उपाध्यक्ष सुनुवार
सुनुवार समुदायमाथि कान्तिपुरको श्रृङ्खलाबद्ध आक्रमण: उपाध्यक्ष सुनुवार
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ७, २०७९
parbati sunuwar case
Hardik health
काठमाडौं- कान्तिपुर पब्लिकेशनले सुनुवार 'समुदायमाथि श्रृङ्खलावद्ध आक्रमण गरेको सुनुवार सेवा समाजका उपाध्यक्ष अमृत सुनुवारले बताएका छन्। सुनुवारले कान्तिपुर दैनिकले विगत एक दशकदेखि आफ्नो समुदायमाथि निर्मम तरिकाले श्रृङ्खलावद्ध आक्रमण गरेको दावी गरेका हुन् । उपाध्यक्ष सुनुवारले भने "देशकै ठूला भनाउँदा मिडियाले देशको जातिगत विविधता, धार्मिक, साँस्कृतिक र जातिगत विविधता बुझेर समाचार प्रकाशन प्रसारण भई दिओस् भन्ने हामी सबैको चाहना हुन्छ । तर कान्तिपुर दैनिकले विगत १० वर्षदेखि किरात धर्मावलम्बी सुनुवार जातिहरूलाई अन्य जातिको थरसँग सम्बन्धित थर राखेर समाचार प्रकाशन प्रसारण गर्नु दु:खद पक्ष हो। हामी पटक-पटक सजग गराई सकेका छौँ, तर पनि कान्तिपुरले त्यसको कुनै वास्ता गरेको छैन ।" सुनुवार विद्यार्थी समाजका अध्यक्ष मनिषा सुनुवारले कान्तिपुर दैनिकले वास्तविक र तथ्यमा आधारिता नभएर सुनुवार समुदायमाथि निरन्तर भ्रमात्मक समाचार प्रकाशन गर्दा ठूलो मूल्य चुकाउनु पर्ने बताइन् । सुनुवार विद्यार्थी समाजले आफ्नो समुदायप्रतिको गलत समाचार प्रकाशन गर्दा हरेक पटक कान्तिपुर दैनिकका सम्पादकलाई सचेत गराउँदै आउँदा पनि सँधै त्रुटीपूर्ण समाचार प्रकाशन गर्नुले सुनुवार जातिलाई उपेक्षा गरेको बताइन् । उनले यसरी सँधै उपेक्षित गरेर समाचार प्रकाशन प्रसारण गर्दा कान्तिपुरले ठूलो दुर्घटना व्यहोर्नु पर्ने र त्यसको जिम्मेवार स्वयम कान्तिपुर दैनिक तयार हुनुपर्ने बताएकी छन्। कान्तिपुर दैनिकको श्रृङ्खलावद्ध आक्रमण: पहिलो आक्रमण: वि.सं. २०७४ साल वैशाख ५ गते कृष्ण ज्ञवाली र नगेन्द्र अधिकारीले "यस्तो थियो मैना सुनुवार हत्या प्रकण, तत्कालिन तीन सैनिक अधिकारीलाई दोषी ठहर" शीर्षकमा समाचार लेखेको थियो। उक्त घटनाको प्रमुख पीडित सुनुवार समुदाय नभई अन्य समुदाय पुष्टि गर्दै सुनुवार समुदायको साझा संस्था सुनुवार सेवा समाजले त्रुटी सच्याउन कान्तिपुर दैनिकलाई ध्यानाकर्षण गराएको थियो। दोस्रो आक्रमण: वि.सं. २०७७ जेठ २५ गते गोकर्ण गौतम र भीमबहादुर सिंहले जाजरकोटबाट "अझै छटपटाइरहेका छन् घाइते" भन्ने समाचारका घाइते गोविन्द सुनुवार जोडिएको थियो तर उक्त घटनामा सुनुवार नभएर अन्य जाति रहेको पुष्टी भएपछि सुनुवार विद्यार्थी समाज संघीय समितिले कान्तिपुरका सम्पादकलाई तत्काल सच्याउन भनिएकोमा सम्पादकले आलटाल गरेपछि प्रेस काउन्सिल नेपालमा उजुरी दिई ध्यानाकर्षण गराएको थियो। तेस्रो आक्रमण: वि.सं. २०७९ फागुन ७ गते कान्तिपुर पब्लिकेशनको ३० औँ वार्षिक उत्सवको अवसरमा नारी नेतृत्व विशेषमा राज कुमार कार्कीले लेखेको "अध्यक्षज्यूसँगै सोध्छन् अध्यक्षज्यू खोई" शीर्षकको समाचारमा सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारको नाम "पार्वती सुनार" भनि अन्य जातिसँग जोडेर समाचार प्रकाशन गरेको। यी तत्थ्यहरूबाट प्रष्ट हुन्छ कि कान्तिपुर दैनिक सुनुवार समुदायको विरुद्धमा समाचार सम्प्रेषण गरिरहेकाे छ । हरेक पटक सचेत गराउँदा गराउँदै पनि सुनुवार समुदायप्रति उपेक्षित ढंगले गैर समुदायलाई सुनुवार समुदायको ट्याग लगाउनु र सुनुवार समुदायलाई अन्य समुदाय तथा जाति भनेर समाचार प्रकाशन गर्नु सामान्य त्रुटी होइन बदनियत पुर्वक यस्तो गरेको पुष्टी भएकाे देखिन्छ  । बहुभाषी र बहुजातीय भनेर नेपाललाई लिने गरिन्छ तर कान्तिपुर दैनिक जस्ताे दैनिक पत्रिकाले यस्ताे त्रुटि गर्नु सम्पूर्ण आम सञ्चार क्षेत्रकाे नै लज्जाबाेध हाे ।
प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  ११:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध
सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध सोमबार, फागुन ११, २०८२
‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’
‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’ सोमबार, फागुन ११, २०८२
देश गफले होइन, कामले बन्छः अध्यक्ष साम्पाङ
देश गफले होइन, कामले बन्छः अध्यक्ष साम्पाङ सोमबार, फागुन ११, २०८२
प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान
प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान सोमबार, फागुन ११, २०८२
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल सोमबार, फागुन ११, २०८२
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा सोमबार, फागुन ११, २०८२
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति सोमबार, फागुन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP