ककनी – ककनी गाउँपालिकामा एक घर एक धारा खानेपानी योजना सुरु भएको छ । ककनी गाउँपालिकामा लिभिङ वाटर नेपालको सहकार्यमा पालिकाले एक घर एक धारा खानेपानीको योजना सुरु गरेको हो ।
उक्त योजनाका लागि वडा नम्बर ७ बरबन्दीमा हालै मात्रा लिभिङ वाटर नेपालसँग ककनी गाउँपालिकाले सम्झौता गरेको छ । करिब एक सय १६ जना घरधुरी लाभन्दित हुने सोही पालिकाको वडा नम्बर ७ का वडा अध्यक्ष राम कृष्ण तामाङले बताएका छन् ।
[caption id="attachment_55226" align="alignnone" width="960"]

तस्विर स्राेत: सामजिक सञ्जाल[/caption]
उनका अनुसार सो संस्थाको डाइरेक्टर विजय गुरुङ, सस्थाको इन्जिनियर अर्जुन रोकाय फिल्ड अधिकृत इन्द्र तामाङ, जिल्ला संयोजक यनोक तामाङ , कार्यपालिका सदस्य नारायण विक, पूर्व कार्यपालिका सदस्य अशोक मिजार, उपभोक्ता समिति र सम्पूर्ण उपभोक्ताको उपस्थितिमा योजना सम्झौता कार्यक्रम भएको छ ।
उक्त योजनाको बजेट अठार लाख ७५ हजार रहेको उनले बताए । सो योजनामा जन–श्रमदानबाट लगभग दुई–तीन महिनाको समयसम्ममा सम्पन्न हुने उनले बताए । हालसम्ममा वडा नम्बर ७मा असी प्रतिशत मात्र पूर्वधारका काम सम्पन्न भएको वडाका अध्यक्ष बताउँछन् । वैशाख पन्ध्रसम्ममा सम्पूर्ण विकासपूर्वधारका कामहरु सम्पन्न हुनेमा उनी विश्वस्त छन् ।
[caption id="attachment_55227" align="alignnone" width="855"]

तस्विर स्राेत: सामजिक सञ्जाल[/caption]
ककनी गाउँपालिकाका अध्यक्ष सज्जन तामाङले वडा नम्बर ७भन्दा अगाडि भएको सम्झौतामा वडा नम्बर ४ निगालेमा पनि ८०–८५को हाराहारीमा काम सुरु भईरहेको बताए । खाल्डो खन्नुपर्ने र ढुगां बटुल्न पर्ने भएकाले स्थानीयको जन–श्रमदानबाट नै कामहरु भइरहेको उनले बताए । वडा नम्बर ८मा भने उक्त योजना ४५ घरधुरीमा सम्पन्न भएको उनले बताएका छन् ।
अर्ध वार्षिकसम्ममा विकासपूर्वाधारका कामहरु ३२–३३ प्रतिशतमात्र सम्पन्न भएको ककनी गाउँपालिकाका अध्यक्ष तामाङ बताउँछन् । उनले निर्वाचनका कारण काम गर्न ढिलासुस्ती भएको बताए ।
-तस्विर सामजिक सञ्जाल