मोरङ - मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका १ स्थित सीमा ईलाकाबाट चाेरीपैठारीको सामान बरामद गरेकाे छ ।
बुढीगंगा गाउँपालिका १ स्थित सीमा ईलाकाबाट शुक्रबार करीब २ लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएकाे हाे ।
भारतबाट अवैध रुपले भन्सार छलि ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङले बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय बिराटनगरमा बुझाइएको छ ।