Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #चितुवाको उद्धार
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
Search Here
समाचार
  • Home
  • समाचार
  • उपभोक्ताको गुनासाे सुन्न टोल फ्रि नम्बर सार्वजनिक
उपभोक्ताको गुनासाे सुन्न टोल फ्रि नम्बर सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन ४, २०७९
khanepani
Hardik health
काठमाडाैं - खानेपानी मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न टोेल फ्रि नम्बर सार्वजनिक गरेको छ । आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै खानेपानी मन्त्री अब्दुल खानले टोल फ्रि नम्बर ११७१ सार्वजनिक गरेका हुन्  । तीन दिन अगाडि परीक्षण गरेको उक्त टोल फ्रि नम्बरमा आज मन्त्री खानले जनकपुरबाट आएको गुनासोको सुनुवाइ गर्दै गुनासो सुनुवाइ एकाइको उद्घाटन गरेका छन्  । “ खानेपानी समस्या समाधान गर्न र उपभोक्ताको गुनासो सुन्न खानेपानी मन्त्रालयले गुनासो कल सेन्टरको स्थापना गरेको हो, हाम्रो टोल फ्रि नम्बर ११७१ मा पाइपलाइन फुटेमा वा कतै पानीको लाइन बिग्रिएर खानेपानी नपाएमा उपभोक्ताले सिधै मन्त्रालयमा रहेको कल सेन्टरमा फोन गरेर गुनासो टिपाउन सक्नुहुन्छ”, उनले  बताए  । उनले सातामा एक दिन आफू कल सेन्टरमा बस्ने भन्दै दैनिक चार जना कर्मचारीले उपभोक्ताको गुनासोको सुनुवाइ गर्ने जानकारी दिए  । उनले दूरदराजका जनतालाई सरकार भएको प्रत्यक्ष अनुभूति दिलाउन मन्त्रालयले गुनासो सुनुवाइ एकाइ स्थापना गरिएको जानकारी दिए । “सरकारको लक्ष्य सहरबजारका जनतालाई खानेपानी र सरसफाइमा पहुँच पुर्‍याउन मात्र होइन, दूरदराजका गाउँ टोलमा सरकार भएको अनुभूति गराउन हामीले गुनासो सुनुवाइ एकाइ सञ्चालनमा ल्याएका छौँ”, उनले भने, “एकाइमा आएका गुनासो तत्काल सम्बोधन हुन्छ । कार्यालय समयमा लाइभ अन्य समयमा रेकर्डमार्फत गुनासोको सुनुवाइ हुन्छ ।” उनले जनताको जनजीवनसँग जोडिएको यस खानेपानी मन्त्रालयको काम र कर्तव्यलाई आफ्नो इमान्दारीका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल जलस्रोतको दोस्रो ठूलो देश भए पनि २५ प्रतिशत मानिसले मात्र शुद्ध खानेपानी प्रयोग गर्ने गरेको उनको भनाइ थियो । उपभोक्ताको गुनासोलगत्तै मन्त्रालयले प्रदेश सरकार, स्थानीय सरकार र खानेपानी मन्त्रालयअन्तर्गतका कार्यालयसँग समन्वय गरेर समस्या समाधान गर्ने मन्त्रालयका सचिव मणिराम गेलालले बताए  । गुनासो सुनुवाइ गर्न मन्त्रालयले अधिकृतको नेतृत्वमा चार कर्मचारी खटाएको छ । कार्यालयले समयमा आएको गुनासो तत्काल सम्बोधन गर्नेछन् भने अन्य समयमा रेकर्डमा रहने जनाइएको छ । मन्त्रालयले सार्वजनिक गरेको टोल फ्रि नम्बर ११७१ मा नेपाल टेलिकमका ग्राहकले मात्र गुनासो दर्ता गराउन मिल्ने मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले जानकारी दिए । एनसेल तथा स्मार्ट टेलिकमसँग समेत कुरा भएको भन्दै छिट्टै एनसेल तथा स्मार्ट टेलिकमका ग्राहकले समेत गुनासो गर्न सक्ने उनले बताए ।
प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १८:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध
सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध सोमबार, फागुन ११, २०८२
‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’
‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’ सोमबार, फागुन ११, २०८२
देश गफले होइन, कामले बन्छः अध्यक्ष साम्पाङ
देश गफले होइन, कामले बन्छः अध्यक्ष साम्पाङ सोमबार, फागुन ११, २०८२
प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान
प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान सोमबार, फागुन ११, २०८२
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल सोमबार, फागुन ११, २०८२
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा सोमबार, फागुन ११, २०८२
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति सोमबार, फागुन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP