वीरगञ्ज - वीरगञ्ज महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना हटाउने भएको छ ।
अतिक्रमित संरचना हटाउन महानगरपालिकाले सातदिने सूचना जारी गरेको हाे ।
तोकिएको अवधिभित्र संरचना नहटाए महानगर आफैँले हटाउने जनाएको छ ।
यसरी हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाटै असुल गरिने सूचनामा उल्लेख छ ।
महानगरपालिकाले अतिक्रमित भूमि फिर्ता ल्याउनुका साथै अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान सञ्चालन गरेको महानगरको भौतिक पूर्वाधार समितिका संयोजक प्रदीपकुमार चौरसियाले बताए ।
प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९ ०९:२८