दाङ – दाङको देउखुरीमा चितुवाको आक्रमणबाट १७ बाख्रा मरेका छन् ।
लमही नगरपालिका–१ का वसन्तराज अधिकारीले पालेका १९ वटा बाख्रामध्ये १७ बाख्रा चितुवाले मारिदिएको हो ।
बाख्रा बाँधेर राखेकाे खाेरभित्रै पसेर चितुवाले बाख्रामाथि आक्रमण गरेकाे हाे ।
आफूले व्यावसायिक रुपमा पालेका बाख्रा मर्दा दुई लाख रुपैयाँ भन्दा बढी क्षति भएकाे पिडित किसान अधिकारीले बताएका छन् ।
किसानले बाख्राको क्षतिपूर्तिको माग गरेका छन् । त्यस क्षेत्रमा वन्यजन्तुको त्रास रहेको स्थानीयले बताएका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९ ०८:३३