एजेन्सी - प्राणीहरुमा कमिलालाई एक मिहेनत गर्ने जीवमा गणना गरिएको छ । आफ्नो जातिको लागि निकै लगनशिल मानिने यी कमिला मानव रोग पत्ता लगाउनका लागि पनि उपयोग हुने भएको वैज्ञानिकहरुले बताएका छन् ।
यिनीहरु हाम्रो घरको वरिपरि घुमिरहन्छन् र खाना कहाँ छ पत्ता लगाई सञ्चय गर्नका लागि निरन्तर लाग्ने गर्दछन् ।कमिलाहरूमा गन्धको लागि नाकको सट्टामा एन्टेना हुने गर्दछ । त्यहीँ एन्टेनाको साहयताले खानाको गन्ध थाहा पाउने गर्दछन् । जैविक विज्ञानको जर्नलमा प्रकाशित भएको एउटा नयाँ अध्ययनमा कमिलाले स्वस्थ मुसाको पिसाबको गन्ध र क्यान्सरको ट्युमर भएका मुसाहरू बीचको भिन्नता पत्ता लगाउन सकेको बताइएको छ ।
तसर्थ वैज्ञानिकहरूले मानिसमा क्यान्सर परीक्षण गर्नका लागि ती कमिलाहरु प्रयोगमा ल्याउन सकिने बताएका हुन् ।अध्ययनका प्रमुख लेखक र फ्रान्सको सोर्बोन पेरिस नर्थ युनिभर्सिटीका इथियोलोजिस्ट ब्याप्टिस्ट पिकेरेटले तिनीहरू चिनी खान बढी रुचाउने भएकाले मुसाको पिसाबमा ट्युमर भएनभएको चिन्न सक्ने बताए ।
कमिलाहरूमा नाक नभएकोले, तिनीहरूले खाना खोज्न वा सम्भावित साथीहरूलाई सुँघ्न मद्दत गर्ने हुनाले वैज्ञानिकहरूले झण्डै तीन दर्जन फोर्मिका फुस्का नामक रेशमी कमिलाहरूलाई उक्त कामको लागि प्रयोग गर्न तालिम दिएको बताएका छन् ।
अनुसन्धानकर्ताहरूले उनीहरूलाई मानव क्यान्सर कोशिकाहरूको गन्ध पत्ता लगाउन प्रशिक्षण दिइरहेको बताएका छन् । ट्यूमरहरू छिट्टै पत्ता लगाउन कुनै तीखो नाक भएका जनावरहरूभन्दा कमिलाको अवस्थामा, तीखो एन्टेना प्रयोग गर्न सकिने वैज्ञानिकहरु बताउँछन् । ट्युमर कोशिकाहरूमा वाष्पशील जैविक यौगिकहरू, ख्यबितष्भि इचनबलष्अ ऋयmउयगलमक९ख्इऋक० रहेका हुन्छन् ।
क्यान्सरयुक्त ट्युमरहरूले वाष्पशील जैविक यौगिकहरू भनिने रसायनहरूको विशिष्ट संस्करणहरू निकाल्ने गर्दछन् जुन प्रायः पसिना र पिसाब र सासको भाप जस्ता शारीरिक तरल पदार्थहरूमा देखा पर्दछन् ।
उक्त अध्ययनका अनुसार एउटा प्रयोगशालामा वैज्ञानिकहरूले मानव स्तन क्यान्सर ट्यूमरका नमूना टुक्राहरूबाट मुसाहरूमा सारेर ३५वटा कमिलाहरूलाई ट्युमर बोक्ने मुसाको पिसाबलाई चिनीसँग छुट्याउन सिकाए । कमिलाहरूले स्वस्थ पिसाबको तुलनामा क्यान्सरयुक्त ट्युमरहरू भएको पिसाबको नमूनाको छेउमा २० प्रतिशत समय बिताएको अध्ययनले देखाएको छ ।
अनुसन्धानकर्ताहरूले क्यान्सर बायोमार्करहरूको रूपमा कुकुर र कमिलाहरु अब प्रयोगमा ल्याउन सक्छन् । यद्यपि, कमिलाहरु, कुकुर र अन्य जनावरहरूलाई तालिम दिन भन्दा निकै उपयुक्त हुने कुरा अनुसन्धानकर्ताहरू बताउँछन् । पहिले एक प्रकारको क्यान्सर पत्ता लगाउन प्रशिक्षित गरिएका कमिलाहरूले पछि अन्य प्रकारको क्यान्सर पत्ता लगाउन सक्ने क्षमतालाई अभिवृद्धि गर्ने वैज्ञानिकहरुले अपेक्षा लिएका छन् ।साथसाथै तिनीहरूलाई क्यान्सर पत्ता लगाउन दैनिक तरिकाको रूपमा प्रयोग गर्नबाट टाढा रहने पनि उनीहरुले बताए ।
यस अध्ययनका अनुसार छिटो क्यान्सर पत्ता लगाउन सके चाँडै नै उपचार सुरु गरी निदान गर्न सकिन्छ । कनभने क्यान्सर जति ढिला पत्ता लाग्छ , निको हुने सम्भावना त्यति नै ढिला हुने गर्दछ । क्यान्सर सुँघ्ने कमिलाहरूको कुशलताका कारण यिनीहरु निकै सस्तो क्यान्सर बायो–डिटेक्टरको रूपमा काम गर्ने क्षमता राखेकोमा अनुसन्धानकर्ताहरू आशावादी भएको बताएका छन् ।
यस अनुसन्धानले कुनै दिन क्यान्सर पत्ता लगाउनका लागि छिटो , सस्तो र गैर–आक्रमक उपकरणको रूपमा कमिलाहरूको प्रयोग गर्न सकिने अन्वेषकहरुको भनाई छ । यद्यपि कमिलामार्फत मानिसमा भएको क्यान्सरजस्ता रोगको निदान उपकरणको रूपमा प्रयोग गर्न निकै समय लाग्न सक्ने भएता पनि यसले दिने परिणामहरू उत्साहजनक रहेको वैज्ञानिकहरु बताउँछन् ।