काठमाडाैं - सशस्त्र प्रहरिको इन्टेलिजेन्स ब्युरोद्वारा नक्कली नोट सहित दुई जना पक्राउ गरेकाे जनाएकाे छ ।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले चार लाख पैंतीस हजार नेपाली नक्कली रुपैयाँसहित शनिबार साँझ दुई जनालाइ नियन्त्रणमा लिएको हाे ।
सिरहा जिल्ला लाहान नगरपालिका वडा नम्बर ८ स्थित पशुपति माध्यमिक बिध्यालय नजिकको रोडबाट
उनीहरुलाइ नियन्त्रणमा लिइएको हो ।
नक्कली नोटसहित नियन्त्रणमा लिइएकाहरुमा सिरहा जिल्लास्थित लाहान नगरपालिका वडा नम्बर १९ स्थायी घर भएका वर्ष ३० का माेहम्मद ओसिन र सोहि नपा १० स्थायी घर भएका २२ वर्षीय माेहम्मद राज शेख रहेका छन् ।
विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका उनीहरुको साथ बाट चार सय पैंतिस थान एक हजार दरका नक्कली नोट , नोट बनाउन प्रयोग गरिने कागजको बण्डल , दुई थान मोबाइल सेट , ७ थान सिमकार्ड तथा एक हजार पचपन्न रुपैयाँ समेत बरामद भएको छ ।
उनीहरुलाटई बरामद सामान सहित आबश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय लाहानमा बुझाइएको छ ।
प्रकाशित मिति: आइतबार, माघ २२, २०७९ ०८:५२