काठमाडाैं - ललितपुरमा गएराति भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।
ललितपुर महानगरपालिका १७ ग्वार्कोमा बा २ ज ३४२० नम्बरको ट्याक्सी र बा ४ च १ नम्बरको कार गएराति साढे १२ बजे ठोक्किँदा ट्याक्सीमा रहेका ललितपुरको ताल्चीखेल बस्ने सुनसरीका ४७ वर्षका सरोजकुमार विक र काठमाण्डौको कलङ्की बस्ने मोरङका अन्दाजी ३५ वर्षका धनबहादुर बस्नेतको ज्यान गएको प्रहरीले जनाएको हाे ।
घाइते दुवै जनाको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा गएराति नै ज्यान गएको हो । यस्तै दुर्घटनामा घाइते भएका अन्य ६ जनाको पनि यही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये कार चालक झापा बिर्तामोडका ३५ वर्षका वीरबहादुर विकको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९ ०८:४५