जुम्ला - जुम्लामा जडीबुटी मिसाएको खाजा खाँदा एक जनाको मृत्यु भएकाे छ । खाजा खाने क्रममा बिरामी भएर ३५ वर्षीय दीपक रोकायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको हाे ।
खाजा खाने क्रममा बिरामी भएका चार जनामध्ये तीन जना भने बिरामी भएका छन् । प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार चन्दननाथ-८ का तिल धरालाको घर बनाउने क्रममा खाजा खाँदा बिरामी भइ अस्पताल आएकामध्ये दिपकको ज्यान गएको हो ।
यस्तै, बिरामी भएका ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टङ्क रोकाया, ३० वर्षीय पारष धरालाकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको जनाइएकाे छ ।
हिजो दिउँसो खाजामा जडीबुटी मिसाएर खाएपछि उनीहरु बिरामी भएका जानकारी पाएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताएका छन् । घटनाको थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, माघ ८, २०७९ १२:००