काठमाडाैं - एक साता उपचार गरेपछि चिकित्सकको निगरानीमा पूर्वअर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन डिस्चार्ज भएका छन् । वंशाणुगत जण्डिसका कारण पीडित नेता पुनलाई वंशाणुगत जण्डिसका कारण पीडित नेता पुन शुक्रबार सुमेरअस्पतालबाट डिस्चार्ज भएकाे सचिवालयले जनाएको हाे ।
माघी मनाउनका लागि रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि गत शनिबार हेलिकप्टरोमार्फत् काठमाडौँ ल्याइएको थियो । चिकित्सकले पर्याप्त आराम गर्न र धपेडी नगर्नसमेत नेता पुनलाई सुझाव दिएका छन् ।
जन्डिस रोगबाट पीडित पुन केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किएका थिए । अस्पतालबाट डिस्चार्च भए पनि चिकित्सकले उनलाई कलेजो प्रत्यारोपणको सल्लाह दिएकाे बताइएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९ १६:३३