खोटाङ – खोटाङमा शृङ्खलाबद्ध चोरीमा संलग्न तीन जना पक्राउ परेका छन् । दुई वटा घरबाट नगद, सुन, चाँदी, पुरानो सिक्का लगायतका सामान चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १९ वर्षीय कृष्ण विक, ३९ वर्षीय पर्शुराम विक र दिक्तेल–४ खाल्लेका २२ वर्षीय इन्द्रबहादुर विकलाई चोरीमा संलग्न भएकाे अभियाेगमा प्रहरीले पक्राउ गरेको हो ।
अभियुक्तहरूमाथि गएकाे मङ्सिर १३ गते दिक्तेल–५ लफ्याङका देवराज घिमिरेको घरबाट पाँच लाख ७१ हजार रुपैयाँ बराबरको सामान र मङ्सिर २० गते दिक्तेल–२ सोल्माकी शान्ता राईको घरबाट तीन लाख ७२ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको अभियोग छ ।
घिमिरे र राईको घरमा चोरी भएपछि दोषीको खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीका अधारमा अनुसन्धान गर्दा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक पर्शुराम राईले जानकारी दिए ।
अभियुक्तविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९ २०:२६