दाेलखा -विगु गाउँपालिकाकाे वडा नं १का अध्यक्षले असक्त (अपांग)लक्षित पशु कार्यक्रमसम्बन्धी समाचार गलत सूचना दिने गरि सम्प्रेषण गरेकाे भन्दै आपत्ति जनाएका छन् ।
विगु गाउँपालिकाका वडा नं १का वडा अध्यक्ष मेम बहादुर तामाङले एक सञ्चार माध्यमले अपागंलक्षित पशु कार्यक्रमसम्बन्धी भ्रम सिर्जना हुने गरि समाचार प्रकाशन गरेकाे भन्दै एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।
विज्ञप्तिका अनुसार प्रस्तुत विषयमा दोलखा जिल्ला विगु गाउँपालिका वडा नं.१ को आ.व.२०७९/२०८० कोविनियोजित बजेटबाट यस वडामा रहेका क र ख वर्गका असक्त आय आर्जन कार्यक्रमका लागि रु.तीन लाख (३,००,०००।–) रुपैयाँ रकम विनियोजित गरेकाे थियाे । साेही कार्यक्रमबाट यस वडामा रहेका क र ख वर्गका १५ जना असक्त कार्ड भएका व्यक्तिलाई स्थानिय बाख्रा खरिद गरी वडाको निर्णय बमोजिम वितरण भएको विज्ञप्तिमा भनिएकाे छ ।
उक्त बाख्रा खरीद र वितरण कार्यक्रमबाट रकम बाँकी हुँदा हुँदै विल भर्पाई फरफारक नहुँदै मिति २०७९/१०/०३ गते दोलखा को टुरीजम अन्लाईन खबरले
विगु गाउँपालिका वडा नं.१ का वडा अध्यक्षले कमिसनमा बाख्रा वितरण गरिएको भन्ने शिर्षकमा लेखिएको भ्रामक समाचार प्रति दुःख व्यक्त गर्दै यस वडाको गम्भिर ध्यानाकार्षण भएको विज्ञप्तिमा जनाइएकाे छ ।
उक्त कार्यक्रम सम्पन्न नै भईनसकेको र रकम खर्च र भुक्तानी समेत नभएको अवस्थामा यस वडाको र वडा अध्यक्ष को चरित्र हत्या गर्ने र असक्त आय आर्जनमा राजनीति गर्ने कार्य निन्दानिय भएको हुँदा उक्त भ्रामक समचारको यस वडा नं.१ खण्डन गर्दै सम्बन्धित निकायको ध्यानाकर्षणको समेत गरेकाे विज्ञप्तिमा उल्लेख छ ।