कास्की - विमान दुर्घटना पश्चात् नदीमा परेर हराएका एक जनाकाे खाेजी कार्य निरन्तर रहेकाे प्रहरीले जनाएकाे छ ।
कास्की जिल्ला, पोखरा महानगरपालिका-१५ नयाँगाउँस्थित सेती नदीको खोँचमा मिति २०७९ माघ १ गते भएको विमान दुर्घटना पश्चात खोज तथा उद्दार कार्यको लागि परिचालित फौजले हराएका एक जनाकाे खाेजी कार्य निरन्तर रहेकाे जनाएकाे हाे ।
आज दुर्घटना स्थल लगायत सेती नदीको बहावस्थल तनहुँ र चितवन जिल्लाको नारायणी नदीमा समेत खोजी कार्य गरेको फौजलेजनाएकाे छ ।
रातको कारण आजको लागि स्थगित खोजी कार्य भोली पनि सुचारु रहने जनाइएकाे छ ।