काठमाडाैं - मधेस प्रदेशमा आज बलिदानी दिवस मनाइँदैछ । हरेक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउने मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
२०६३ सालमा भएको मधेस आन्दोलनको सम्झनामा प्रदेश सरकारले हरेक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउने गरेको छ ।
आन्दोलनका क्रममा सिरहाको लहानमा २०६३ साल माघ ५ गते रमेश महतोको गोली लागेर ज्यान गएको थियो ।
त्यसपछि मधेसका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो ।
यो दिनलाई स्मरण गर्दै मधेस प्रदेश सरकारले कार्यक्रम गर्दै आएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९ ०८:४३