Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #मलेसियान_सिण्डिकेट
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु
चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १, २०७९
Hardik health
चीन - चीनको स्वास्थ्य अधिकारीहरूले एक महिनाको अवधिमा कोभिड–१९ का कारण झण्डै ६० हजार व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् । सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोगअन्तर्गतको चिकित्सा प्रशासन ब्यूरोका प्रमुख जियाओ याहुईले पत्रकार सम्मेलनमा जानकारी दिए  । यो आँकडाले चिकित्सा सुविधाहरूमा रेकर्ड गरिएका मृत्युहरूलाई मात्र बुझाउने हुँदा कूल सङ्ख्या योभन्दा बढी हुन सक्ने अधिकारीहरूले बताएका छन् । जिआओका अनुसार योमध्ये पाँच हजार ५०३ जनाको मृत्यु कोभिडका कारण आएको श्वासप्रश्वाससम्बन्धी समस्याका कारण भएको छ भने ५४ हजार ४३५ जनाको मृत्यु कोभिडसँग जोडिएका अन्य अन्तर्निहित रोगका कारण भएको हो । गत डिसेम्बरको सुरुमा शून्य कोभिड नीति त्यागेपछि चीनमाथि भाइरसका कारण मृत्यु हुनेको सङ्ख्यालाई कम आँकलन गरेको आरोप लाग्दै आएको छ । तर स्वास्थ्य अधिकारीहरुले यकिन सङ्ख्याका बारेमा जानकारी लिन आवश्यक नभएको बताएका छन् । बेइजिङले यसअघि कोभिड–१९ का कारण हुने मृत्युको वर्गीकरण गर्ने आफ्नो पद्धतिमा संशोधन गर्दै भाइरसका कारण श्वासप्रश्वासमा समस्या भएर मृत्यु हुनेको मात्र गणना गर्ने बताएको थियो । तर विश्व स्वास्थ्य संगठनले यसको आलोचना गर्दै नयाँ परिभाषा ‘अत्यन्तै सङ्कीर्ण’ भएको बताएको थियो । कोभिड–१९ का कारण हुने मृत्युको वर्गीकरणबारे डब्लुएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले भने, “संगठनले चीनलाई अस्पताल भर्ना र मृत्युको बारेमा थप छिटो, नियमित, भरपर्दो तथ्याङ्कका लागि निरन्तर आग्रह गरिरहेको छ ।” चीनका स्वास्थ्य अधिकारीहरूले मृत्यु हुनेको औसत आयु ८०.३ वर्ष रहेको र ९० प्रतिशतभन्दा बढी ६५ वर्षभन्दा माथिका रहेको बताएका थिए । तीमध्ये अधिकांश आधारभूत अवस्थाबाट पीडित रहेको उनीहरूले बताएका छन् । चीनमा ६० वर्षभन्दा माथिका लाखौं मानिसले खोप लगाएका छैनन् ।
प्रकाशित मिति: आइतबार, माघ १, २०७९  ११:२९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अझै रोकिएन असुरक्षित गर्भपतन : आफूखुसी औषधि नखाऔँ
अझै रोकिएन असुरक्षित गर्भपतन : आफूखुसी औषधि नखाऔँ सोमबार, कात्तिक १७, २०८२
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक संघद्वारा सुझाव पेस
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक संघद्वारा सुझाव पेस शुक्रबार, कात्तिक १४, २०८२
निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित
निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित शुक्रबार, कात्तिक १४, २०८२
देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने
देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने बिहीबार, कात्तिक १३, २०८२
लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १५ सय शिशुको जन्म
लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १५ सय शिशुको जन्म मंगलबार, कात्तिक ११, २०८२
जुम्लामा एक लाख नागरिकले गरे स्वास्थ्य बीमा
जुम्लामा एक लाख नागरिकले गरे स्वास्थ्य बीमा सोमबार, कात्तिक १०, २०८२
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु सोमबार, कात्तिक ३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP