Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
विश्व
  • Home
  • विश्व
  • भारतमा उत्पादित ‘डक–१ म्याक्स’ प्रयोग नगर्न डब्लुएचओको चेतावनी
भारतमा उत्पादित ‘डक–१ म्याक्स’ प्रयोग नगर्न डब्लुएचओको चेतावनी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस २९, २०७९
Hardik health
एजेन्सी - विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले उज्बेकिस्तानमा कम्तीमा २० जना बालबालिकाको मृत्युका लागि जिम्मेवार ठहरिएका भारतमा उत्पादित ‘कफ सिरप’को प्रयोग नगर्न आग्रह गरेको छ । डब्लुएचओले भारतको मेरियन बायोटेकले उत्पादन गरेका यी उत्पादनहरू ‘गुणस्तरहीन’ भएको र कम्पनीले उनीहरूको ‘सुरक्षा र गुणस्तर’ को बारेमा सुनिश्चितता प्रदान गर्न असफल भएको बताएको हाे  । कम्पनीले बनाएको ‘डक–१ म्याक्स’ नामको खोकी रोक्ने झोल औषधि खाँदा कम्तीमा २० बालबालिकाको मृत्यु भएको उज्बेकिस्तानका अधिकारीहरूले गत महिना बताएपछि भएको अनुसन्धानपछि बुधबार यो चेतावनी जारी गरिएको हो । त्यसपछि भारतको स्वास्थ्य मन्त्रालयले उक्त कम्पनीको उत्पादन रोकेको थियो भने उज्बेकिस्तानले ‘डक–१ म्याक्स’को आयात र बिक्रीमा प्रतिबन्ध लगाएको थियो ।उज्बेकिस्तानको गुणस्तर नियन्त्रण प्रयोगशालाले सिरपको नमूनाको विश्लेषण गर्दा ‘डाइथिलीन ग्लाइकोल’ वा ‘इथिलीन ग्लाइकोल’को अस्वीकार्य मात्रा प्रदूषकहरूको रूपमा रहेको’ पाइएको डब्ल्यूएचओले जनाएको छ । ‘डाइथिलीन ग्लाइकोल’ र ‘इथिलीन ग्लाइकोल’ मानव स्वास्थ्यका लागि विषाक्त मानिन्छन् र यो प्राणघातक साबित हुन सक्छ ।“यी दुवै उत्पादनहरूले यस क्षेत्रका अन्य देशहरूमा मार्केटिङ अनुमति प्राप्त गरेका हुन सक्छन् अनौपचारिक बजारमार्फत अन्य देश वा क्षेत्रमा पनि वितरण गरिएको हुन सक्ने हुँदा यसको प्रयोग नगर्न सुझाब दिइएको छ,” डब्लुएचओले भनेको छ । “ती उत्पादनहरू ‘असुरक्षित पाइएको छ र विशेष गरी बालबालिकाहरूमा यसको प्रयोगले उनीहरूको स्वास्थ्यमा गम्भीर आघात वा मृत्यु हुन सक्छ,” विज्ञप्तिमा भनिएको छ ।मेरियन बायोटेकका अधिकारीहरूसँग यसबारे प्रतिक्रियाका लागि एएफपीले प्रयास गरेको तर तत्काल सम्पर्क हुन सकेन । गत अक्टोबरमा डब्लुएचओले गाम्बियामा बालबालिकाको मृत्युको घटनासँग अर्को फर्मको औषधिलाई जोडेपछि नियामकहरूको अनुसन्धानको सामना गर्ने यो दोस्रो भारतीय औषधि निर्माता कम्पनी हो ।मेडन फर्मास्युटिकल्सले विषाक्त खोकी र रुघाखोकीको औषधि उत्पादन गरेको आरोप लागेको थियो जसका कारण अफ्रिकी देशमा कम्तीमा ६६ जना बालबालिकाको मृत्यु भएको थियो । औषधि सेवन गरेका पाँच महिनादेखि चार वर्षसम्मका ती बालबालिकाको मृगौला फेल भएर मृत्यु भएको हो ।भारतले मेडेन फर्मास्युटिकल्समाथि अनुसन्धान सुरु गरेको तर अनुसन्धानले औषधिहरू ‘गुणस्तरीय’ भएको बताएको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  ०९:०९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतमा निपाह भाइरस संक्रमणकाे पुष्टि
भारतमा निपाह भाइरस संक्रमणकाे पुष्टि शुक्रबार, माघ ९, २०८२
हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान
हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान शुक्रबार, माघ ९, २०८२
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार सोमबार, माघ ५, २०८२
स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल
स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल सोमबार, माघ ५, २०८२
कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा
कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा आइतबार, माघ ४, २०८२
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन शुक्रबार, माघ २, २०८२
आयुर्वेदकाे भ्रामक प्रचार प्रसार नगर्न चिकित्सा परिषद्काे निर्देशन
आयुर्वेदकाे भ्रामक प्रचार प्रसार नगर्न चिकित्सा परिषद्काे निर्देशन शुक्रबार, माघ २, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP