Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
अर्थ
  • Home
  • अर्थ
  • क्रिप्टोकरेन्सी कारोबारमा नेपाल १६औँ स्थानमा
क्रिप्टोकरेन्सी कारोबारमा नेपाल १६औँ स्थानमा
बिहीबार, पुस २८, २०७९
Hardik health
बिबिसी– यसै साता नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी र बिटकोइन लगायतका गैरकानुनी कारोबार हुने वेबसाइट, एप र अनलाइन सञ्जालमा पहुँच रोक्न निर्देशन दिएपछि उक्त भर्चूअल मुद्राबारे नेपालमा फेरि बहस हुन थालेको छ। भर्चूअल मुद्रा र नेटवर्क मार्केटिङ लगायतका डिजिटल प्रविधिमार्फत् हुने कारोबार नेपालमा पछिल्लो समय बढ्दै गएको प्राधिकरणको निर्देशनमा उल्लेख छ। “क्रिप्टोकरेन्सी, बिटकोइन, हाइपर–नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप, अनलाइन सञ्जाललगायत भर्चूअल माध्यमको नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउनेगरी तथा त्यस्ता वेबसाइट, एप वा अनलाइन सञ्जालमा पहुँच हुन नसक्ने व्यवस्था गर्न सबै इन्टरनेट सेवाप्रदायकलाई निर्देशन जारी गरिएको छ।” निर्देशनको पालना नगरेको पाइएमा प्रचलित ऐनबमोजिम कारबाही गरिने चेतावनी पनि प्राधिकरणले दिएको छ। पाँच वर्षअघि नै गैरकानुनी घोषित विसं २०७४ सालमै क्रिप्टोकरेन्सीसम्बन्धी कारोबारलाई अवैध घोषणा गरिसकेको नेपाल राष्ट्र ब्याङ्कले त्यसको कारोबार नगर्न सूचना जारी गर्दै आएको छ। सर्वसाधारण ठगिनुका साथै अवैधानिक रूपमा रकम बाहिरिने र स्वदेशी पुँजी पलायन हुने भएका अहिलेसम्म नेपालमा क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता नदिइएको केन्द्रीय ब्याङ्कका अधिकारीहरूले बताउँदै आएका छन्। नेपालमा जस्तै बाङ्ग्लादेश, चीन, कतार, मोरक्को, इराक, इजिप्ट, अल्जेरिया र ट्यूनिशियामा पनि क्रिप्टोकरेन्सी पूर्ण रूपमा प्रतिबन्धित रहेको बताइन्छ। कोइनडेस्क नामक बेवसाइटका अनुसार सन् २०२२ को ग्लोबल क्रिप्टो एडप्शन इन्डेक्सको आधारमा नेपाल क्रिप्टोकरेन्सीको कारोबारमा विश्वभरि १६औँ स्थानमा देखिएको छ। यूके र इन्डोनेशियाजस्ता देशहरू नेपालभन्दा मुनि छन्। यसले नेपालमा प्रतिबन्धित भए पनि क्रिप्टोकरेन्सीसँग सम्बन्धित गतिविधि धेरै रहेको सङ्केत गर्छ। ब्लकचेनसम्बन्धी डेटा विश्लेषण गर्ने कम्पनी ‘चेनएनलिसिस’ले उक्त इन्डेक्स प्रकाशित गरेको हो। उक्त कम्पनीका अनुसार उसले विश्वका ७० वटाजति मुलुकमा सरकारी तथा आर्थिक निकायका लागि डेटा, अनुसन्धान सहितको सेवा प्रदान गर्दै आएको छ। एल साल्भाडोरले क्रिप्टोकरेन्सीलाई मुद्रासरह कानुनी मान्यता दिएको छ भने केही देशमा कानुनी मान्यता नपाए पनि क्रिप्टोकरेन्सीमार्फत् कारोबार सहज छ। क्रिप्टोकरेन्सी विश्वव्यापी रूपमा उद्योगका रूपमा विकास भइरहेकाले पूर्ण रूपमा प्रतिबन्ध लगाउनु उचित नभएको कतिपयले तर्क गर्दै आएका छन्। क्रिप्टोकरेन्सी के हो? क्रिप्टोकरेन्सी भनेको भर्चूअल मुद्रा हो जसको अस्तित्व अनलाइनमा सीमित छ।भौतिक रूपमा देख्न वा छुन नसके पनि यसको मूल्य तोकिएको हुन्छ। यो भर्चूअल मुद्राको कुनै केन्द्रीय ब्याङ्क हुँदैन अर्थात् यसलाई नियमन गर्ने कुनै केन्द्रीय निकाय हुँदैन। संसारभरिका कम्प्युटरमा राखिएको डिजिटल रेकर्डका आधारमा यो सञ्चालन हुन्छ। क्रिप्टोकरेन्सीको प्रयोग गरी सरसामान खरिद गर्न वा भुक्तानी गर्न सकिन्छ। यसलाई कम्प्युटर वा मोबाइल फोनमार्फत् डिजिटल वालेटमा राख्न सकिन्छ। सबै क्रिप्टोकरेन्सी ब्लकचेन भनिने प्रविधिमा आधारित हुन्छन्। सन् २००९ देखि चर्चामा आएको बिटकोइन पहिलो क्रिप्टोकरेन्सी हो। बिटकोइनको संस्थापन श्रेय सातोशी नाकामोतोलाई दिइएको छ। तर रोचक कुरा के छ भने सातोशी नाकामोतो को हुन् भनेर आजसम्म कसैलाई थाहा छैन।हालसम्म हजारौँको सङ्ख्यामा क्रिप्टोकरेन्सी अस्तित्वमा आएका छन् र नयाँ क्रिप्टोकरेन्सी थपिने क्रम पनि जारी छ। बिबिसी
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १२:४०
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा शुक्रबार, पुस ४, २०८२
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता शुक्रबार, पुस ४, २०८२
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग बुधबार, पुस २, २०८२
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने बिहीबार, मंसिर २५, २०८२
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला मंगलबार, मंसिर १६, २०८२
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता सोमबार, मंसिर १५, २०८२
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न सोमबार, मंसिर १५, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP