Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • एचआइभी सङ्क्रमितमा कुपोषणको समस्या
एचआइभी सङ्क्रमितमा कुपोषणको समस्या
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस २७, २०७९
Hardik health
काठमाडाैं -  जिल्लामा रहेका एचआइभी सङ्क्रमितहरूमा कुपोषणको समस्या देखिएको छ । एएचएफ नेपालले भरतपुर अस्पतालको सहकार्यमा सञ्चालन गरेको एआरटी सेन्टरको तथ्याङ्कानुसार जिल्लामा रहेका सङ्क्रमितमध्ये दुई सय ३० जनामा कुपोषण देखिएको छ । कुपोषण हुनेमा महिलाको सङ्ख्या धेरै रहेको एएचएफ नेपालका वरिष्ठ कार्यक्रम अधिकृत कृष्णहरि सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमितमा पिछडा वर्गका समुदायका बढी सङ्ख्यामा कुपोषण समस्या देखिएको छ । भरतपुर महानगरपालिका, माडी, रत्ननगर, खैरहनी र कालिका नगरपालिकामा रहेका सङ्क्रमितमा कुपोषणको समस्या देखापरेको हो । परिवारका सदस्यमा सङ्क्रमण हुँदा आयआर्जनमा समस्या परेकाले कुपोषण देखिने गरेको उनको भनाइ छ । कुपोषणका कारण एचआइभी एड्स सङ्क्रमितमा विभिन्न किसिमका समसया देखिने गरेको उनले बताए  । उनले भने “कुपोषणका कारण रोगसँग लड्ने क्षमताको विकास नहुँदा अन्य रोगको सङ्क्रमण बढ्दै जान्छ ।” रोगसँग लड्ने क्षमताको विकास नभएपछि शरीरमा भाइरसको सङ्ख्या बढ्ने, रक्तअल्पता हुने, दैनिक आर्यआर्जनमा समस्या हुने, क्षयरोग, झाडापखला, घाउ खटिरा हुने, ज्वरो आउने, निमोनिया हुनेजस्ता समस्या भइरहने उनले बताए  । जसका कारण मानव स्वास्थ्यमा नियमित समस्या देखिने गरेको उन को भनाइ छ । एचआइभी एड्स सङ्क्रमितमा कुपोषणको समस्या नहोस् भनेर कार्यालयले उनीहरूलाई जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ भने स्थानीय सरकारसँग समन्वय गरेर पोषणयुक्त खानाका लागि सहयोग गरेको छ । अहिले जिल्लामा एक हजार एक सय १० जना सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरूले नियमित औषधि सेवन गर्ने गरेको उनले जानकारी दिए  । सापकोटाका अनुसार सन् २०२२ मा जिल्लामा एक सय १४ जना नयाँ सङ्क्रमित थपिएका छन् । जसमध्ये ३४ भरतपुर अस्पतालमा र ८० जना जिल्लामा रहेका विभिन्न सङ्घसंस्थाको सक्रियतामा पत्ता लागेका हुन् । यस वर्ष सेन्टरबाट एक सय ४५ नयाँ बिरामीले औषधि सेवन गर्न थालेका छन् । जसमध्ये ३१ जना जिल्ला बाहिरबाट यहाँ आएका हुन् । यस्तै यस वर्ष जिल्ला छाडेर स्थानान्तरण हुनेको सङ्ख्या ४६ जना रहेको उनले बताए ।
प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  ०९:४५
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
भारतमा निपाह भाइरस संक्रमणकाे पुष्टि
भारतमा निपाह भाइरस संक्रमणकाे पुष्टि शुक्रबार, माघ ९, २०८२
हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान
हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान शुक्रबार, माघ ९, २०८२
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार सोमबार, माघ ५, २०८२
स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल
स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल सोमबार, माघ ५, २०८२
कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा
कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा आइतबार, माघ ४, २०८२
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन शुक्रबार, माघ २, २०८२
आयुर्वेदकाे भ्रामक प्रचार प्रसार नगर्न चिकित्सा परिषद्काे निर्देशन
आयुर्वेदकाे भ्रामक प्रचार प्रसार नगर्न चिकित्सा परिषद्काे निर्देशन शुक्रबार, माघ २, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP