काठमाडाैं - अनुसन्धानकर्ताहरूको टोलीले नयाँ पुरुष गर्भनिरोधक चक्की विकास गरेका छन् ।
दशकौंदेखि गर्भनिरोधकको जिम्मेवारी धेरै हदसम्म महिलाहरूले लिनेमा दुई मत छैन ।महिलाहरूले गर्भनिरोधक औषधि र साधनले अनावश्यक साइड इफेक्टहरू धेरै महिलाहरूले सहने गरेका छन्। जिम्मेवारी बाँडफाँड गर्ने इच्छा भए पनि, गर्भनिरोधकको कुरा गर्दा पुरुषहरूसँग सीमित विकल्पहरू रहेका छन्।
पुरुषहरूले प्राय कन्डम प्रयोग गर्दछन् वा त भ्यासेक्टोमी जसमा स्थायी रुपमा पुरुषमा शल्यक्रिया गरी नसबंदीको गरिन्छ । अर्कोतर्फ, महिलाहरूका लागि धेरै विकल्पहरूमा गर्भनिरोधक चक्कीहरू, इन्ट्रायूटरिन उपकरणहरू, प्याचहरू, प्रत्यारोपण र इंजेक्शनहरू छन् ,जुन कन्डम भन्दा बढी भरपर्दो र नसबंदी भन्दा कम स्थायी रहेकाे पाइन्छ ।
अनावश्यक गर्भावस्था रोक्नको लागि महिलाहरूको ठाउँमा अब पुरुषले जिम्मेवारी बोक्न गर्भनिरोधक विकल्प वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।पुरुषहरूका लागि उपयुक्त गर्भनिरोधक विधि विकास गर्ने प्रयासमा वैज्ञानिकहरू लागि परेका छन् । पुरुष गर्भनिरोधक चक्कीहरू अनुसन्धान गर्न वर्षौं बिताएका छन्। तर अनिच्छित साइड इफेक्टहरू नदिने प्रभावकारी औषधि बनाउन सकिरहेका छैनन्।
हालै मात्र मिनेसोटा विश्वविद्यालयका उत्सुक अनुसन्धानकर्ताहरूको टोलीले नयाँ पुरुष गर्भनिरोधक चक्की विकास गरेको जानकारी दिएका छन् । उनीहरुले मुसामा गरिएको अध्ययनमा प्रभावकारी साबित भएको जनाएका छन् । चाँडै नै मानव परीक्षणहरूमा पनि यो प्रक्रिया गर्ने तयारी गरेको उनीहरुले बताए ।
अमेरिकन केमिकल सोसाइटी वसन्त २०२२ को बैठकमा प्रस्तुत गरिएको उनीहरूको नतिजा अनुसार, पुरुष मुसाले चार हप्ताको लागि मौखिक रूपमा औषधि खाएपछि गर्भावस्था रोक्ने चक्की ९९ प्रतिशत प्रभावकारी भएको थियो जसरी महिलाहरूले गर्भनिरोधक चक्की प्रयोगमा प्रभावकारी रहेको थियो ।
यस किसिमको चक्की आविष्कारले आम मानिसमा आशा जगाएकोे छ कि अब महिला पुरुष दुवैले गर्भनिरोधक चक्की प्रयोगमा ल्याउन सक्नेछन् । यसका साथै उनीहरुका अनुसार यस औषधिले हर्मोनमा कमि भने ल्याउने गर्दछ तर पनि कुनै साइड इफेक्ट नभएको देखिएको छ ।