Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
कृषि
  • Home
  • कृषि
  • कपिलवस्तुका किसानलाई उखु बेच्न समस्या
कपिलवस्तुका किसानलाई उखु बेच्न समस्या
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २५, २०७९
Hardik health
कपिलवस्तु -  लामो समय सञ्चालित सुगर मिल अन्यत्रै सरेपछि यहाँका उखु किसान मारमा परेका छन् । पाँच वर्ष अगाडि उखु स्याहार्ने समयमै श्रीमहालक्ष्मी सुगर मिल सर्लाही स्थानान्तरण भएको थियो । त्यसयता यहाँका किसान उखु बेच्न नपाएपछि मारमा पर्दै आएका छन् । सुगर मिल नहुँदाको फाइदा यहाँ सञ्चालित उखु क्रसर (सख्खर) उद्योगले पाएका छन् । सख्खर उद्योगले मनपरी मूल्य तोक्न थालेपछि उखु किसान सरोकारवाला गुहार्न थालेका छन् । उखु बेच्ने यो समयमा सरकारले समर्थन मूल्यसमेत तोक्न सकेको छैन । सरकारले मूल्य तोक्न नसक्दा किसानलाई उखु बेच्न झनै समस्या भएको छ । सरकारले उखुको मूल्य तोक्न नसकेको र सख्खर उद्योगले मनपरी मूल्य लिइरहेको कपिलवस्तु किसान सङ्घका अध्यक्ष अनुपकुमार चौधरी बताए । जिल्लामा रहेका ७५ सख्खर उद्योगले मनपरी ढङ्गबाट उखुको मूल्य दिएको सङ्घका अध्यक्ष चौधरीले बताए । “उखु खेतीबाटै जीविकोपार्जन गर्दै आएका किसान मिल विस्थापित भएपछि समस्यामा परेका छन”, उनले भने, “किसानको गुनासो सुन्ने निकाय कहाँ छ ? सुगर मिल नहुनु र सख्खर उद्योगले मनपरी मूल्य तोक्दा उखु किसान विस्थापित हुने अवस्था सिर्जना भएको छ ।” सरकारलाई उखुको मूल्य प्रतिक्विन्टल रु सात सय पाँच तोक्न माग गरेको र त्यो मागको सुनुवाइ अहिलेसम्म नभएको अध्यक्ष चौधरी बताए  । “उखुको मूल्य निर्धारणका लागि कृषि मन्त्रालय पुगेका थियौँ, सरकारले यो विषयमा कुनै निर्णय दिएन”, उनले भने । जिल्लाका उखु किसानले रु साढे तीन सयदेखि चार सय पचाससम्ममा बिक्री गर्दै आएका हुन् । शिवराज नगरपालिका पिपरीमा रहेको शिव चन्दन सख्खर उद्योगले प्रति क्वीन्टल रु चार सय नब्बेमा उखु खरिद गरिरहेको छ । उखु बिक्री गर्न बजारको समस्या भएपछि केही किसानले सख्खर उद्योगमा भेलि बनाउन दिएका छन् भने कतिपय आफैले सख्खर उद्योग स्थापना गरी भेलि बनाउन थालेका छन् । सरकारले मूल्य नतोक्दा उखु बेच्न समस्या भएको किसान रामप्रकाश चौधरीले बताए । उनले भने, “पहिला चिनी मिल थियो र बेच्न सजिलो थियो, अहिले उखु बिक्री नै हुँदैन कि भन्ने डरले जति पैसा दिए पनि सख्खर मिललाई दिन बाध्य छौँ ।” जिल्लाको पश्चिम–दक्षिण क्षेत्रमा सुक्खा क्षेत्र रहेको र अधिकांश किसानले व्यावसायिक रुपमा उखु खेती गर्दै आएका छन् । जिल्लाको कृष्णनगर, महाराजगञ्ज र शिवराज नगरपालिका तथा विजयनगर गाउँपालिकामा व्यावसायिक उखु खेती गरिन्छ । करोडौँको करोबार गर्ने सख्खर उद्योग स्थानीय तहमा दर्ता छैनन् । कपिलवस्तुको पश्चिमी क्षेत्रमा रहेका सख्खर उद्योग स्थानीय तहको कार्यालयमा दर्ता नभएको पाइएको छ ।स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र रहेको उद्योगलाई व्यवस्थापन गर्ने जिम्मा भए पनि शिवराज नगरपालिकामा रहेका सख्खर उद्योगको सङ्ख्यासमेत नगरपालिकालाई जानकारी छैन । “नगरभित्र कति उद्योग दर्ता भएका छन् हेर्नुपर्ने हुन्छ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेयले भने’, “अहिले एकीन तथ्याङ्क भन्न सकिँदैन ।” विजयनगर गाउँपालिकाले पालिकाभित्र सञ्चालित सबै उद्योगलाई दर्ताको लागि पत्र पठाइसकेको गाउँपालिका अध्यक्ष गोपाल थापाले बताउनुभयो । यस्तै जिल्लाका अन्य स्थानीय तहमासमेत सख्खर उद्योग दर्ता नभएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले उखु किसानले कम मूल्यमा खरिद गरेका सख्खर उद्योगका बारेमा जानकारी दिए कारबाही गर्ने बताएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सरकारले तोकेअनुसार कुनै पनि उद्योगले उखुको मूल्य किसानलाई दिनुपर्ने बताए ।
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १६:२९
प्रतिक्रिया दिनुहोस्
थप कृषि
किसानले चैते धानको उचित मूल्य पाएनन्
किसानले चैते धानको उचित मूल्य पाएनन् शुक्रबार, चैत ६, २०८२
हुरीका कारण केरामा क्षति
हुरीका कारण केरामा क्षति शुक्रबार, चैत ६, २०८२
हिउँदे बर्सातले किसानमा खुसी
हिउँदे बर्सातले किसानमा खुसी बिहीबार, चैत ५, २०८२
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा बिहीबार, चैत ५, २०८२
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी बुधबार, चैत ४, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP