Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • निजि विद्यालयसँग प्रतिस्पर्धा गर्दै दोलखाको खारे मा.वि.
निजि विद्यालयसँग प्रतिस्पर्धा गर्दै दोलखाको खारे मा.वि.
आइतबार, पुस २४, २०७९
320932097_1561380850991719_1769826176171226938_n
Hardik health
दोलखा– दोलखाको सदरमुकाम चरीकोटदेखि करिब ३० किलोमिटर दूरीको उत्तरी दुर्गम क्षेत्रमा रहेको खारे माध्यमिक विद्यालयले छोटो समयमा विद्यालयको शैक्षिक सुधार गर्न सफल भएको छ । दुर्गम भेगमा रहेको एउटा सिङ्गो गाउँलाई समेटेर निर्माण भएको उक्त विद्यालयले केही वर्ष अघि सम्म एसईईमा प्राय शून्य जाने गरेको थियो । गौरीशंकर गाउँपालिका वडा नम्बर ८ खारेमा रहेको खारे माध्यमिक विद्यालयको शैक्षिक अवस्था खस्कँदै गएपछि सो भेगका अभिभावक चिन्तित र विद्यालयप्रति आक्रोशित थिए । नरेन्द्र सिङ्म महत प्रधानाध्यपकको रूपमा खारे मा.वि.मा  रहे सगै विद्यालयको शैक्षिकस्तर भौतिक संरचनामा आमूल परिवर्तन ल्याउनको साथै अनुशासन र विद्यालयलाई हेर्ने दृस्टिकोणमा समेत फरक आएको छ  । भौगोलिक हिसाबले केही विकट मानियता पनि शैक्षिक गुणस्तरको हिसाबले शहर बजारको निजी विद्यालयसरह शिक्षा दिन सफल भएको छ। केही वर्ष अघिसम्म छिमेकी गाविसका विद्यालयमा अध्ययन गराउन पठाउने अभिभावकहरु अहिले भने सकारात्मक उदाहरण दिँदै उत्तरी क्षेत्रको सरकारी विद्यालय खारे मा . वि रुचाउछन विद्यालयलाई यो स्तरसम्म ल्याउनलाइ आफ्नो योगदान रहेता पनि साथ दिने सहयात्री शिक्षक सहयोग गर्ने अभिभावक स्थानीय तह लगायत सम्पुर्णको बराबरी योगदान रहेको प्रधानाध्यपक महतको भनाइ छ। गत वर्षको एसईई परीक्षामा जिल्लाकै उत्कृष्ट १० विद्यालयमा आफ्नो विद्यालय पर्न सफल भएको प्रअ महतले बताए । अहिले उक्त विद्यालय गौरीशंकर गाउँपालिका भित्रकै उत्कृष्ट विद्यालय घोषण भएको छ । शैक्षिक पाटोमा क्रमशः सुधार हुँदै आएपछि विद्यालयको भौतिक सुधार गर्नतर्फ लागेको प्र.अ महतले बताए । जिल्ला आयोजना कार्यान्वयन इकाइको करिब साढे दुई करोड बजेटमा चारवटा विद्यालय भवन निर्माण भएका छन् । विद्यालय भवन निर्माणसगै एक सय ९० जना विद्यार्थीको लागि पठनपाठनमा सहजता आएको छ । १५ लाख अनुदानमा पक्की शौचालयको पनि निर्माण भइरहेको उनले बताए । महत सो विद्यालयमा प्रअ भएर आएपछि विद्यालयको मुहार नै फेरिएको स्थानीय पदम मगरले बताए ।मगरका अनुसार विगत वर्षको एसएलसी तथा एसईई परीक्षामा शून्य नतिजा ल्याउने विद्यालयले गत वर्ष तीन दशमलव ४५ जीपीए नतिजा ल्याएर पालिकाभित्रकै उत्कृष्ट सम्मान थाप्न सफल भएको छ । हाल निजी  विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थी समेत खारे माविको छात्रबासमा बसेर अध्ययन गरिरेका छन् ।  विद्यालयले अहिले विद्यार्थीलाई होस्टेल राखेर तीन समयमा कक्षा सञ्चालन गरिरहेको र पढाइसँगै अतिरिक्त क्रियाकलापले शिक्षामा थप उर्जा मिलेको र विद्यालयले अभिभावकको मागअनुसार रात्री कक्षा, दिवा कक्षा र बिहानको कक्षा गरी तीन समय अध्यापन गराइरहेको विद्यालयले जनाएको छ । विद्यालयमा हाल ५ थान कम्प्युटर, डिजिटल सूचना बोर्ड, सीसीटीभीलगायत सम्पूर्ण विज्ञान प्रयोगशालाहरू राखिएका छन् ।
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  ११:१६
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ शुक्रबार, मंसिर २६, २०८२
हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई
हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई शुक्रबार, मंसिर २६, २०८२
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने बिहीबार, मंसिर २५, २०८२
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की बुधबार, मंसिर २४, २०८२
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदै
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदै बुधबार, मंसिर २४, २०८२
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन शुक्रबार, मंसिर १९, २०८२
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी बुधबार, मंसिर १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP