पाल्पा- पाल्पामा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु र १८ जना घाइते भएका छन् । रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ खुसार्नेमा भएको दुर्घटनामा ६ जना महिलाहरुको ज्यान गएको हो ।
रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुसार्नेका लागि छुटेको यात्रुवाहक बस खुसार्ने निर गएराती १० वते तिर मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटना भएको स्थानीयले जनाएका छन् ।
ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री र गुनी गाहाको ज्यान गएको वडा नम्बर ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । मृतक एकजानको पहिचान भएको छैन ।
बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिनु भयो । दुर्घटनाका घाईते १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाअध्यक्ष रानाले जानकारी दिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९ ०८:१६