Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • दलित बालबालिकामा पढाइको उत्साह
दलित बालबालिकामा पढाइको उत्साह
बुधबार, पुस २०, २०७९
Hardik health
लहान– बिहान सबेरै उठ्नु, ०७ देखि ०९ बजेसम्म हुने ‘ट्युसन क्लास’ भ्याउनु, फेरि १० नबज्दै विद्यालय पुग्नु । सिरहाको इँटाटारस्थित तेनुवापटी आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत छात्रा राधनाकुमारी सदायको दिनचर्या दुई वर्षदेखि यस्तै छ । केही समय पहिले पढ्न र स्कूल जानुपर्छ भनेपछि झर्को मान्ने छोरी राधनामा आएको परिवर्तन देखेर दङ्ग छन् उनका बुबा भरोसी र आमा निलमदेवी । राधनाका बुबाआमा मात्रै होइन, पढाइप्रतिको लगाव र विद्यालयमा नियमित आउने उत्साह देखेर दङ्ग छन् विद्यालयका प्रधानाध्यापक रतनदेव सिंह पनि । यस्तै परिवर्तन आएको छ तेनुवापटी आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत निखलेसकुमार सदाय र विष्णुकुमार सदायमा पनि । उनीहरु दुवै जना स्कूल जान औधि मन गर्छन् अचेल । राधना, निखलेस र विष्णुलाई मात्रै होइन, सिरहाका चारवटा वस्तीका करिब १५३ विद्यार्थीमा यस्तै परिवर्तन आएको छ । तर यस्तो परिवर्तन भने त्यसै आएको होइन । दलित बस्तीका यी बालबालिकालाई रमाइलो मानेर स्कुल जाने र ट्युसन पढ्ने वातावरण बनाई दिएको हो, दलित जनकल्यान युवा क्लब, लहानले । विविध समस्याका कारण विद्यालय जान र पढ्न खासै रुची नगर्ने दलित समुदायका बालबालिकालाई ‘फ्रिडम फण्ड’को आर्थिक सहयोगमा पठनपाठनदेखि आवश्यक शैक्षिक सामग्री सहयोग गर्न थालेपछि परिवर्तन देखिन थालेको क्लबका अध्यक्ष उमेशकुमार बिसङ्केले जानकारी दिए। कमजोर आर्थिक अवस्थाका कारण आवश्यक शैक्षिक सामग्री र अतिरिक्त कक्षा ट्युसन पढ्न नपाउँदा विद्यालय जान रुची नगर्ने गुनासोपछि क्लबले हरवाचरवा, सुकुम्बासी, भूमिहिन दलित समुदायका बालबालिकालाई स्कूल पोशाक, स्टेशनरी र झेला वितरण गर्न थालेको अध्यक्ष बिसङ्केको भनाइ छ । “विद्यालय बाहिर रहेका, नाम लेखाएर पनि स्कूल नजाने बालबालिकालाई आवश्यक शैक्षिक सामग्री र पठनपाठनमा सहयोग गरी विद्यालयमा पहुँच पु¥याउनु हाम्रो मुख्य उद्देश्य थियो”, उनले भने, “सानो सहयोग गर्दा पनि अहिले विपन्न दलित बस्तीका बालबालिकामा पढ्न र नियमित विद्यालय जान केही सहयोग पुगेको छ ।” विद्यालय बाहिर रहेका दलित बालबालिकालाई विद्यालय भर्ना गराउने, निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्ने, अभिभावकलाई बालबालिकाको पढाइप्रति चासो राख्न उत्पे्ररित गर्न शिक्षाको महत्वबारे जानकारी दिने कार्यमा विशेष जोड दिएकाले विद्यार्थी र अभिभावक दुवैमा परिवर्तन देखिन थालेको क्लबका कार्यक्रम संयोजक बहादुर सदायले बताए । दलित समुदायका बालबालिका विद्यालय बाहिर रहने, नियमित विद्यालय नजाने, पढ्नमा गुणस्तर नबढ्नेजस्ता कारणबारे अनुसन्धान गर्ने, बालबालिकालाई विद्यालयमा टिकाउन आवश्यक क्रियाकलाप सञ्चालनका लागि समुदाय, शिक्षक तथा सरोकारलासँग छलफल गरी समस्या समाधान गर्ने रणनीति क्लबले अख्तियार गरेको उहाँले जानकारी दिए । स्कूलमा खेलकुद सामग्रीको उपलब्धता, दिवा खाजा कार्यक्रम, छात्रवृत्तिमा पहुँच, विद्यालय पोशाक, झोला र स्टेशनरीको उपलब्धता तथा बस्तीमा गठन भएका हरवाचरवा महिला समूह एवम् तीनको परिचालनले पनि दलित समुदायका बालबालिकालाई विद्यालय जान आकर्षित गरेको स्थानीय सामाजिक परिचालक सन्तोसकुमार विसङ्के बताउछन् । विद्यार्थी निखलेसकुमार सदाय पनि घरमा ट्युशन र विद्यालयमा पठनपाठनसँगै अतिरिक्त क्रियाकलापसमेत हुने गरेकाले आफूलाई नियमित स्कूल जान सहज भएको धारणा राख्छन् । पहिले पारिवारिक समस्याका कारण आवश्यक शैक्षिक सामग्री नपाउँदा विद्यालय जान मनै नलाग्ने गरेकोमा त्यो समस्या समाधान भएपछि आफूलाई विद्यालय जाउँजाउँ लाग्न थालेको निखलेसको भनाइ छ । कक्षा ६ मा अध्ययनरत विष्णुकुमार सदायलाई पनि त्यस्तै लाग्दछ । “म अचेल सकेसम्म कुनै दिन स्कूल जान छोड्दिन । त्यहाँ गएर पढ्न अनि खेल्नलाई रमाइलो लाग्छ” उनले भने,“मलाई फुटबल खेल्न मन लाग्छ । सधैँ ‘टिफिन टाइम’मा खेल्ने गर्दछु ।” उनीहरुका अभिभावकले पनि ट्युशन पढ्न र विद्यालय जान आवश्यक सहयोग प्राप्त भएकाले आफूहरुलाई सहज भएको बताए । दैनिक गुजाराको लागि ज्यालामजदुरी गर्नुपर्ने बाध्यताका कारण छोराछोरीको पठनपाठनमा लगानी गर्न समस्या हुने गरेको उनीहरुको दुखेसो छ । राधनाका बुबा भरोसी सदायले आफूले नपढेर दुःख पाएकाले अब छोराछोरीले पढेर आफ्नो सपना पूरा गर्ने विश्वास व्यक्त गरे । “हामीलाई कालो अक्षर भैँसी बराबर छ । उहिले पढ्न पाइन, अहिले आएर दुःख पाइएको छ”, उनले भने,“अबको पिँढीले यस्तो दुःख नपाउँन् ।” राधनाले पनि पढेर भविष्यमा ठूलो मान्छे बन्ने सपना रहेको बताइन् । उनी भन्छिन्, “धेरै पढेर डाक्टर बन्छु, अनि आमा बाबु सबैैको उपचार गर्छु ।” विद्यार्थी र अभिभावक मात्रै होइन, शिक्षक तथा प्रधानाध्यापकले पनि पहिलेको तुलनामा नियमित विद्यालय आउने दलित बालबालिकाको सङ्ख्या र पढाइमा लगाव बढिरहेको बताए । प्रधानाध्यापक सिंहले दलित समुदायका बालबाललिका सकेसम्म स्कूल नआउने र आए पनि बीचमै कक्षा छोड्ने समस्या रहेकामा अहिले धेरै सुधार भएको बताउनुभयो । “करिब ५० प्रतिशत दलित विद्यार्थी बीचमै कक्षा छोड्थे ”, उनी भन्छन्, “अहिले क्लबले सहयोग गरेका कारण नियमित विद्यालय आउने सङ्ख्या बढेको छ ।” प्राध्यापक डा विजयप्रसाद मिश्र पनि गरिब दलित बस्तीका बालबालिकामा विद्यालय जानुपर्छ भन्ने भावना विकास हुँदै गए पनि अझै धेरै समस्या विद्यमान रहेको बताउछन् । यो समस्यालाई समाधान गर्न दलित, गरिब, हरवाचरवा, सुकुम्बासी, भूमिहिन समुदायका अभिभावकमा बालबालिकालाई पढाउने इच्छा जागृत गराउने उपायको खोजी गरिनुपर्ने उनको मत छ । प्राडा मिश्र भन्छन्, “दलित बस्तीमा गएर कुराकानी गर्दा पढेर के हुन्छ र ? जति पढे पनि जागीर पाइँदैन भन्ने मानसिकता छ । यसलाई चिर्नका लागि उहाँहरुमा भरोसा दिलाउने र स्वरोजगारमूलक शिक्षण गतिविधि हुनु आवश्यक छ ।” गरिब बस्तीमा परिवारको दैनिक गुजारा टार्ने आधार नबन्दासम्म शिक्षाको लक्ष्य पूरा गर्न कठिन हुने भएकाले यसतर्फ ध्यान दिन सरकार र सरोकारवालालाई उनको आग्रह छ । मधेश प्रदेशका धेरै बस्तीमा बालबालिकाको पढाइमा धेरै समस्या छन् । यस्ता समस्याको पहिचान गरी समाधानको प्रयास गर्न सके लहानका यी बालबालिकामा आएको परिवर्तन जस्तै अरु ठाउँमा पनि आउँनसक्छ । यस्तै समस्यालाई मध्यनजर गर्दै दलित जनकल्यान यूवा क्लब, लहानले ‘फ्रिडम फण्ड’को आर्थिक सहयोगमा सिरहाका चारवटा दलित बस्तीका बालबालिकालाई लक्षित गरी सहयोग कार्यक्रम गर्दै आएको छ । क्लबका अध्यक्ष विसङकेका अनुसार जिल्लाको औरही गाउँपालिका–४ स्थित इटाटारको दलित बस्तीमा ४२ बालबालिका, बरियापट्टी गाउँपालिका–३ बरियापट्टीमा ३६ जना, धनगढीमाई नगरपालिका–१ बाखरमा ४० जना र लक्ष्मीपुर पतारी गाउँपालिका–१ रामपुर पिपरामा ३५ दलित बालबालिकाका लागि सन् २०२१ देखि सहयोग कार्यक्रम सञ्चालन भइरहेको छ । सन् २०२४ सम्म सञ्चालन हुने यस कार्यक्रमबाट दलित बस्तीमा पढ्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको उनको भनाइ छ । तर यो कार्यक्रम सकिएपछि के गर्ने भन्ने अन्योल भने कायम छ । “हामीले दलित बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउन भूमिका निर्वाह ग¥याँै । यसबाट दलित बस्तीका बालबालिका र अभिभावक उत्साहित छन्”, विसङ्खेले भने, “अब यस कार्यक्रमको समयाबधि सकिएपछि स्थानीय सरकारले सहयोग गर्ने हाम्रो अपेक्षा छ ।” औरही गाउँपालिका–४ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद यादव वडा तथा गाउँपालिकाले कार्यक्रमलाई निरन्तरता दिने गरी छलफल भइरहेको बताए । उनी भन्छन्, “वडाबाट दुई लाख बजेट पनि छुट्याएको छ ।” रासस
प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १२:४९
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ शुक्रबार, मंसिर २६, २०८२
हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई
हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई शुक्रबार, मंसिर २६, २०८२
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने बिहीबार, मंसिर २५, २०८२
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की बुधबार, मंसिर २४, २०८२
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदै
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदै बुधबार, मंसिर २४, २०८२
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन शुक्रबार, मंसिर १९, २०८२
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी बुधबार, मंसिर १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP