काठमाडाैं - ठमेल पर्यटन विकास परिषदले अग्रेजी नयाँ वर्षको ‘२०२३’ अवसरमा ‘न्यू इयर इभ तथा ठमेल महोत्सव’ आयोजना गर्ने भएको छ । शनिबार काठमाडौंको ठमेलमा आयोजना हुने ‘न्यू इयर इभ तथा ठमेल महोत्सव’ को उद्घाटन उप राष्ट्रपति नन्द बहादुर पुनले गर्नुहुने आयोजकले जानकारी दिएको हो ।
‘न्यू इयर इभ तथा ठमेल महोत्सव’ भोली शनिबार साझँ ५ः३० देखि सुरु हुने सो कार्यक्रम ठमेलको केशरमहल संन्चयकोष अगाडि हुनेछ । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले महोत्वसमा सहभागी ‘फूड’ स्टलहरुको गुणस्तरको जाँच गर्ने बताएका छन् ।

उनले छिमेकी राष्ट्रहरुमा बढिरहेको कोरोना संक्रमणबाट बच्न सबैले मास्कको प्रयोग गर्नुपर्ने पनि उनले बताए ।उनले भने, ‘महोत्सवमा सहभागि सबैले अनिवार्य मास्को म्रयोग गर्नुपर्छ । सबै सुरक्षित भएर प्रयंटन व्यवसायको जर्गेना गर्नुपर्ने हामी सबैको दायित्व हो ।’
सो महोत्सवमा नेपालको मौलिक कला, संस्कृति झल्किने खालका कार्यक्रमहरु रहेको पनि जानकारी उनले दिए ।सो कार्यक्रममा नेपाली मौलिक कला, सांस्कृतिक कार्यक्रम तथा विशिष्ठ व्यक्तित्वहरुबाट शुभकामना आदानप्रदान हुने कार्यक्रमहरु रहेका छन् ।

कोभिडका कारण थला परेको पर्यटकीय क्षेत्र ठमेललाई पुर्नस्थापना र आर्कषित बनाउन पछिल्लो समय ठमेल पर्यटन विकास परिषदको संयोजन तथा नेपाल टेलिकम लगायत विभिन्न सेवा प्रदायक कम्पनीहरुको सहभागितामा ९५ प्रतिशत बढि तार व्यवस्थपन भएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार ‘न्यू इयर इभ तथा ठमेल महोत्सव’ को काठमाडौं महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम, बरुण वेभरेज लगायतका निकायको आर्थिक तथा प्राविधक सहयोगमा सबै तयारी पूरा भएको छ ।
सो कार्यक्रमका लागि २० देखि २५ लाख खर्च भएको आयोजकले जनाएको छ । कार्यक्रम अग्रेजी पुरानो वर्ष २०२२ लाई विदाई गरी नयाँ वर्ष २०२३ लाई स्वागत गरेर समापन हुनेछ ।