काठमाडाैं - उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवासमा सरेका छन् ।
आज बिहीवार दिउँसाे पूजापाठ गरेर गृहमन्त्री लामिछाने पत्निसहित सरकारी निवास पुल्चाेक सरेका हुन् ।
मन्त्री लामिछानेले सरकारी निवासमा झन्डोत्तोलन गरेका छन् ।
उनलाई नेपाली सेनाको एक टुकडीले सलामी पनि अर्पण गरेकाे थियाे ।
सलामी लिने क्रममा पिर्का र राताे कपडा भने राखिएकाे थिएन ।
यसअघि 'पिर्के सलामी' लिने गरेकाे भन्दै आलाेचना हुँदै आएकाे थियाे ।
प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९ १७:०९