Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
समाचार
  • Home
  • समाचार
  • क्रान्ति ल्याउन आलुखेतीमा हरियो झण्डा टाँगिदै
क्रान्ति ल्याउन आलुखेतीमा हरियो झण्डा टाँगिदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस १३, २०७९
SRB_SUPA
Hardik health
सुदूरपश्चिम- कैलालीको मध्य क्षेत्रमा रहेको पहलमानपुर गाउँका मानबहादुर रावतसहितका किसानले आफ्नो आलु बालीमा हरियो झण्डा टाँगेका छन् । मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रमको पहिचानका साथै आलुखेतीमा क्रान्ति ल्याउने सन्देश दिनका लागि आलुबालीमा हरियो झण्डा फहराएको किसानले बताएका हुन् । मुख्यमन्त्री नमूना कृषि (आलुखेती) समन्वय समितिको अध्यक्षसमेत रहनुभएका रावतले भने “आलु उत्पादनमा क्रान्ति ल्याउन र मुख्यमन्त्री कृषि कार्यक्रमको पहिचान झल्काउन समन्वय समितिको निर्णयबमोजिम हरियो झण्डा टाँग्न लागेका छौँ ।” सो कार्यक्रमअन्तर्गत घोडाघोडी नगरपालिकाको पहलमानपुर गाउँलाई आलुको पकेट क्षेत्र बनाइएपछि झण्डै ८० बिघा क्षेत्रफलमा आलुखेती गरिएको छ । योसँगै आलुखेती गरिने क्षेत्रफल पनि विस्तार भएको छ । विगतमा गहुँ र मसुरोखेती गर्दै आएको खेतमा आलुखेती गरिएको छ । शिक्षण पेसामा समेत संलग्न रहनुभएका रावतले विद्यालयको समयपछि कृषि कर्ममा समय दिने गरेका उनी एक्लैले आठ बिघामा आलुखेती गरेका छन्  । आलुखेतीमा झण्डै दुई सय १५ किसान समेटिएका छन् । आलुको चिप्स बनाउन प्रयोग हुने इन्नोभेटर र सजिता जातको आलुखेती गरिएको छ । यसका लागि बुटवलको आलु चिप्स उत्पादन गर्ने कम्पनीसँग सम्झौता गरिएको छ । रावतले कम्पनीसँग उत्पादित आलु बजारको मूल्यभन्दा प्रतिकिलो रु दुई बढी मूल्य दिएर खरिद गरिदिने सम्झौता भएको बताए । यसका लागि चाहिने बीउसमेत सोही कम्पनीको समन्वयमा भारतको लुधियानाबाट आयात गरिएको थियो । कृषि प्राविधिकले प्रतिकट्ठामा आठ क्विन्टलसम्म फल्ने बताए पनि प्रतिकट्ठामा छ क्विन्टलसम्म फल्ने अनुमान किसानको छ । घोडाघोडी नगरपालिकाको वडा ४, ५, ९, १०, ११, १२ गरी छवटा वडामा नमूना आलुखेती गरिएको छ । वडा ११ र १२ मा गरिएको तरकारी खेती कार्यक्रम पनि यसै आलुखेतीमा समेटिएको छ । चालु वर्षमा सो क्षेत्रको आलुखेतीका लागि प्रदेश सरकारबाट रु ३० लाख अनुदान रकम उपलब्ध भएको जनाएको छ । “आलुखेतीमा क्रान्ति ल्याउने गरी लागेका छौँ”, रावतले भन्नुभयो, “यसबाहेक खायन आलु र बीउ आलुका लागि थप जग्गामा समेत आलुखेती गरिएको छ ।” आलुखेती गर्न भारतको लुधियानाबाट बीउ आयात गर्दा किसानलाई चर्को मूल्य बेहोर्नुपरेको छ । एक हजार क्विन्टल बीउको आलु आयात गर्दा मूल्य प्रतिक्विन्टलको रु छ हजार पाँच सय परेको किसानको भनाइ छ । सरकारले बीउमा ५० प्रतिशत अनुदान दिँदा किसानले ५० प्रतिशत बेहोर्नुपर्ने मापदण्ड छ । पछिल्ला वर्षमा आलुको व्यावसायिक खेती विगतको तुलनामा बढ्दै जाँदा भारतबाट आलुको आयात परिमाण पनि केही घट्दै गएको छ । समयमै मल, बीउ, भरपर्दो सिँचाइको अभाव हुँदा भने खेती गर्न समस्या भइरहेको किसानको गुनासो छ । समन्वय समितिका उपाध्यक्ष खडक बुढाले चिप्स उत्पादन गर्ने कम्पनीले जति आलु उत्पादन भए पनि खरिद गरिदिने सम्झौता गर्दा किसानमा आलुखेती गर्ने उत्साह जागेको बताए । दश कट्ठा जग्गामा आलुखेती गरिहनुभएका उहाँले भन्नुभयो, “धान र गहुँ खेती गर्दा हुने आम्दानीको तुलनामा बढी आम्दानी हुने देखिएपछि किसान आलुखेतीमा लागेका छन् ।” कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले जिल्लामा पहिलोपटक ठूलो क्षेत्रफलमा आलुखेती पहलमानपुरमा गरिएको बताए । “मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रमअन्तर्गत जिल्लामा पहिलोपटक पहलमानपुरको ठूलो क्षेत्रफलमा आलुखेतीको नमूना गाउँ कार्यान्वयन भइरहेको छ”, शर्माले भने, “यो कार्यक्रम सफल भएमा तीन वर्षसम्म कार्यक्रममा समेटिएका किसानलाई बीउबिजन र अन्य सामग्रीमा ५० प्रतिशत अनुदान सहयोग उपलब्ध गराउने प्रदेश सरकारको कार्यविधिमा छ ।” चालु वर्षमा सुरु भएको यो कार्यक्रम तीन वर्षसम्म सञ्चालन हुन लागेको छ । जिल्लामा उत्पादन हुने आलुको परिमाणले जिल्लाको जनसङ्ख्याको चार महिनाको माग धान्ने गरेको छ । खास गरी गर्मीयामका तीन/चार महिनामा भारतबाट र सुदूरपश्चिमकै पहाडी जिल्लाबाट आलु कैलालीमा आयात हुने गर्छ । जिल्लाभर छ हजार हेक्टरमा आलुखेती हुने गरेकोमा वार्षिक उत्पादन झण्डै ९० हजार टन हुन्छ । आलुखेती गरिने क्षेत्रफलमध्ये डेढ हजार हेक्टरमा जिल्लाको विशेष पहिचान बोकेको ‘थारु आलु’को उत्पादन हुने गर्छ । धेरै किसानले खायन आलुका रूपमा थारु आलुको खेती गर्ने गरेका छन् ।
प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १९:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
किसानले चैते धानको उचित मूल्य पाएनन्
किसानले चैते धानको उचित मूल्य पाएनन् शुक्रबार, चैत ६, २०८२
हुरीका कारण केरामा क्षति
हुरीका कारण केरामा क्षति शुक्रबार, चैत ६, २०८२
हिउँदे बर्सातले किसानमा खुसी
हिउँदे बर्सातले किसानमा खुसी बिहीबार, चैत ५, २०८२
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा बिहीबार, चैत ५, २०८२
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी बुधबार, चैत ४, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP