काठमाडाैं - डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता पदमा नियुक्त भएका छन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा अधिवक्ता पोखरेललाई नेपालको महान्यायाधिवक्ता पदमा आज बुधवार नियुक्त गरेका हुन् ।
अधिवक्ता डा. पोखरेल प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ४ का निवासी हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजाे मगंलबार राष्ट्रपति भण्डारीसमक्ष अधिवक्ता डा. पोखरेललाई महान्यायाधिवक्तामा सिफारिस गरेका थिए ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।
संवैधानिक कानुनका जानकार अधिवक्ता पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन्।
यसअघि पोखरेलले तत्कालीन सभामुख ओनसरी घर्तीमगरको कानुनविज्ञका रूपमा काम गरेका थिए ।
प्रकाशित मिति: बुधबार, पुस १३, २०७९ १८:५१