काठमाडौं - नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेतामा चयन गरेको छ ।
संसदीय दलको सोमबार बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।
नेता राजेन्द्रप्रसाद पाण्डेको प्रस्ताव र शेरबहादुर कुँवरको समर्थनमा नेपाल दलको नेता भएका हुन्।
संसदीय दलको उपनेतामा पाण्डे र प्रमुख सचेतकमा प्रकाश ज्वाला चयन भएका छन् ।
प्रतिनिधि सभामा एकीकृत समाजवादीकाे १० सिट जित हात पारेको छ ।
प्रकाशित मिति: सोमबार, पुस ४, २०७९ १७:४९