Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #गीतकार_टेक_तामाङ
  • #विश्व_संगीत_दिवस
  • #गण्डकी प्रेदशसभा
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #सहकारीको बचत अपचलन प्रकरण
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
समाचार
  • Home
  • समाचार
  • उत्तर कोरियाद्वारा पूर्वी समुद्रमा दुई ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
उत्तर कोरियाद्वारा पूर्वी समुद्रमा दुई ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
सम्झना राई
सम्झना राई आइतबार, पुस ३, २०७९
एजेन्सी–उत्तर कोरियाद्धारा पूर्वी समुद्रमा दुई ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेकोगरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । प्योङयाङले गत महिना अत्याधुनिक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणसहित अभूतपूर्व हतियार परीक्षण गरेपछि कोरियाली प्रायद्वीपमा यस वर्ष सैन्य तनाव ह्वात्तै बढेको जनाइएको छ । दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले उत्तर प्योङगान प्रान्तको तोङचाङ–री क्षेत्रबाट प्रहार गरिएका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र फेला परेको बताइएको छ । उनका अनुसार ती क्षेप्यास्त्रहरू स्थानीय समयअनुसार बिहान ११ः१३ देखि अपराह्न १२ः०५ बजेसम्म पूर्वी सागरमा प्रहार गरिएको थियो । जेसीएसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हाम्रो सेनाले संयुक्त राज्य अमेरिकासँग नजिकबाट सहकार्य गर्दै निगरानी र सतर्कतालाई बलियो बनाएको छ ।” जापानको रक्षा मन्त्रालयका अनुसार उक्त क्षेप्यास्त्र करिब ५०० किलोमिटरको उचाईमा पुगेको थियो ।“यसले जापान, यस क्षेत्र र अन्तर्राष्ट्रिय समुदायको शान्ति र सुरक्षालाई खतरामा पार्छ र यो बिल्कुलै अस्वीकार्य कार्य हो,” वरिष्ठ उपरक्षामन्त्री तोशिरो इनोले भने। उत्तर कोरियाले ‘हाई थ्रस्ट सोलिड फ्युल मोटर’ को परीक्षण गरेको केही दिनपछि आइतबारको प्रक्षेपण भएको हो । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले यसलाई ‘अर्को नयाँ प्रकारको रणनीतिक हतियार प्रणालीको विकासका लागि’ महत्वपूर्ण परीक्षणका रूपमा व्याख्या गरेका छन् । आफ्नो हतियार कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय प्रतिबन्धका बावजुद प्योङयाङले अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) को शस्त्रागार निर्माण गरेको छ । यद्यपि, उत्तर कोरियाली नेता किम जोङ उनले थप उन्नत क्षेप्यास्त्रका लागि ठोस इन्धन इन्जिन विकास गर्न रणनीतिक प्राथमिकता दिएको छ । नेता किमले यसै वर्ष उत्तर कोरियासँग विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति होस् भन्ने चाहका साथ आफ्नो देशलाई ‘अपरिवर्तनीय’ आणविक राष्ट्र घोषणा गर्नुभएको थियो । उनले गत वर्ष सार्वजनिक गरेको इच्छासूचीमा जमिन वा पनडुब्बीबाट प्रक्षेपण गर्न सकिने ठोस इन्धनको आईसीबीएम पनि समावेश थियो । पछिल्लो ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण उक्त लक्ष्यतर्फको एक कदम थियो, तर यस्तो क्षेप्यास्त्रको विकासमा उत्तर कोरिया कति टाढा पुगेको छ भन्ने स्पष्ट नभएको विश्लेषकहरुले बताएका छन् । यस महिनाको अन्त्यमा हुने पार्टीको बैठकमा अर्को वर्षका लागि पृथक देशको नीतिगत दिशा तय गरिने बताइएको छ । उत्तर कोरियाको सरकारी समाचार संस्थाले यसअघि किमले सन् २०२३ लाई ‘ऐतिहासिक वर्ष’ हुने बताएको थियो । विगतका वर्षहरूमा नेता किमले हरेक जनवरी १ मा सम्बोधन गर्ने गरेपनि तर हालै उहाँले वर्षको अन्त्यमा हुने पार्टीको पूर्ण बैठकका निर्णय सार्वजनिक गर्ने परम्परालाई त्याग्ने बताइएको छ । गत नयाँ वर्षको दिन जारी गरिएको आफ्नो पछिल्लो सम्बोधनमा किमले घरेलु मामिलाबारे बोलेका थिए । उनले गत वर्षमै अमेरिकालाई प्रत्यक्ष सम्बोधन नगरे पनि यसपटक भने आफ्नो स्वर परिवर्तन गर्न सक्ने विज्ञहरुले बताएका छन् । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाले आफ्नो सातौं आणविक परीक्षणको तयारी गरिरहेको महिनौंदेखि चेतावनी दिँदै आएका छन् । उत्तर कोरियाले सन् २००६ देखि आणविक तथा क्षेप्यास्त्र गतिविधिलाई लिएर संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ ।
प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १४:०७
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
थाइल्यान्डका ‘पहेँलो सर्ट’ हरू सडकमा, प्रधानमन्त्रीको राजीनामा माग
थाइल्यान्डका ‘पहेँलो सर्ट’ हरू सडकमा, प्रधानमन्त्रीको राजीनामा माग बिहीबार, असार ५, २०८२
इजरायल र इरानबाट आफ्ना नागरिकहरूको निकासीमा सरकारहरूको हतारो
इजरायल र इरानबाट आफ्ना नागरिकहरूको निकासीमा सरकारहरूको हतारो बिहीबार, असार ५, २०८२
स्पेसएक्स स्टारसिप ‘नियमित’ परीक्षणका क्रममा विस्फोट
स्पेसएक्स स्टारसिप ‘नियमित’ परीक्षणका क्रममा विस्फोट बिहीबार, असार ५, २०८२
म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा
म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा बिहीबार, असार ५, २०८२
इरान द्वन्द्वबाट विदेशमा फसेका नागरिकहरूलाई घर फर्काउन सुरु
इरान द्वन्द्वबाट विदेशमा फसेका नागरिकहरूलाई घर फर्काउन सुरु बुधबार, असार ४, २०८२
दुई इरानी सेन्ट्रिफ्युज उत्पादन स्थल ध्वस्त : आइएइए
दुई इरानी सेन्ट्रिफ्युज उत्पादन स्थल ध्वस्त : आइएइए बुधबार, असार ४, २०८२
गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु
गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु बुधबार, असार ४, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
मौलिक कला र संस्कृतिसम्बन्धी तालिम ककनीमा सम्पन्न
मौलिक कला र संस्कृतिसम्बन्धी तालिम ककनीमा सम्पन्न
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
सुनको मूल्य निरन्तर बढ्दो
सुनको मूल्य निरन्तर बढ्दो
उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी
उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी
एनसेलको ‘सधैं अन करोडपति’ योजना सुरु, १ करोड बम्पर पुरस्कार
एनसेलको ‘सधैं अन करोडपति’ योजना सुरु, १ करोड बम्पर पुरस्कार
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP