Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • सामुदायिक विद्यालयमा अङ्ग्रेजीमा पढाइ हुन थालेपछि बढ्यो विद्यार्थी चाप
सामुदायिक विद्यालयमा अङ्ग्रेजीमा पढाइ हुन थालेपछि बढ्यो विद्यार्थी चाप
शनिबार, पुस २, २०७९
Hardik health
कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाकी सरस्वती बम बैजनाथ आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत छन् । सामुदायिक (सरकारी) विद्यालयमा पढ्दै आएकी उनी अङ्ग्रेजी भाषा बोल्नु र लेख्न सक्छिन् । विद्यालयमा अभिभावक, शिक्षक, सामुदायिक वनका पदाधिकारी र वडाका जनप्रतिनिधिको प्रयासमा विद्यालयमा अङ्ग्रेजी भाषामा पढाइ हँुदै आएको छ । अङ्गे्रजीको अनिवार्य विषयसँगै अतिरिक्त अंग्रेजीमा पनि पढाइ हुने गरेको छ । गाउँकै विद्यालयमा अङ्ग्रेजीमा पढाइ हुन थालेपछि विद्यार्थी चाप बढ्दो रहेको छ । टाढाको निजी विद्यालयमा चर्को शुल्क तिरेर अङ्ग्रेजीकै लागि पढ्दै आएका बालबालिकालाई अभिभावकले छुटाएर गाउँकै विद्यालयमा भर्ना गरेका छन् । विद्यालयका प्रधानाअध्यापक अमर सिंह महराले अङ्ग्रेजीमा पढाइ हुँन थालेपछि विगतमा भन्दा विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको बताए। “अङ्ग्रेजी विषयमा पढाइ सुरु भएपछि विद्यार्थीको चाप बढ्दो छ”, उनले भने, “हाल विद्यालयमा दुई सय ८६ विद्यार्थी पढ्दै आएका छन्, विद्यालयमा अङ्ग्रेजी विषयका शिक्षकको व्यवस्था गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने प्रयासमा जुटेका छौँ ।” कक्षा १ देखि ८ सम्म अङ्ग्रेजीमा पढाइ हुने गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालयले कुनै पनि किसिमको शुल्क भने लिने गरेको छैन । विद्यालयबाट विद्यार्थीलाई टाई, बेल्टसँगै खेलकुद सामग्री निःशुल्क रुपमा उपलव्ध गराइँदै आएको छ । विद्यार्थी भर्ना, परीक्षा, प्रमाणपत्र बापतको शुल्क पनि लिने गरिएको छैन । नगरपालिकामा अङ्ग्रेजीमा पढाइ हुने सामुदायिक विद्यालयमा बैजनाथ पहिलो हो । नियम उल्लङ्घन गरे कारबाही पनि हुने गरेको छ । “विद्यालयमा १० बज्नुभन्दा १५ मिनेट अगाडि नै घण्टी बज्ने गरेको छ, घण्टी बजेपछि विद्यार्थी र शिक्षकले विद्यालयको गेटबाट भित्र प्रवेश गरिसक्नुपर्छ प्रधानाअध्यापक महराले भने, “बिहानीको प्रार्थनाअघि विद्यार्थी अनिवार्य रुपमा पिटी कवाजमा सहभागी हुन्छन् । त्यसपछि राष्ट्रिय गान र प्रार्थना गरेपछि कक्षा सुरु हुन्छन् ।” उनका अनुसार विद्यालयको पढाइमा असर पुग्ने गरी ढिलो आउने शिक्षकलाई विद्यालय प्रवेश गर्न नदिने नियम बनाइएको छ । विद्यालयमा आएर छिटो घर जाने शिक्षकको आधा दिनको तलब कट्टा गर्ने र जानकारी नदिई बिदामा बस्ने शिक्षकको दामासाहीका हिसाबले तलब कट्टा गरी विद्यालयको कोषमा जम्मा गर्ने नियम लागू गरिएको प्रधानाअध्यापक महराले बताए । शुक्रबार पढाइपछिको आधा दिन खेलकुद, सांस्कृतिक कार्यक्रम र हाजिरीजफाव लगायतका प्रतियोेगिता आयोजना गरिँदै आएको विद्यालयका शिक्षक भागरथी ग्वाइलाले बताए । विद्यालयको आफ्नै करेसाबारी रहेको छ । विद्यार्थीलाई कृषिबारे जानकारी दिने कार्यसँगै विद्यार्थीले त्यसमा तरकारी रोप्ने कार्य गर्दै आएका छन् । विद्यालयको आन्तरिक आयका लागि होली, देउसी भैलीलगायत कार्यक्रम आयोजना गर्ने गरिन्छ । त्यसबाट आएको पैसाले सांस्कृतिक कार्यक्रमका लागि पोसाकलगायत खरिद गरिएको छ । दिवा खाजाका लागि विद्यालयले आन्तरिक स्रोतबाटै खर्च व्यहोर्ने गरी भान्सेको व्यवस्था गरेको छ । दिवा खाजाको सूची तयार गरी भान्सा व्यवस्थापनको कार्य गरिएको छ । विद्यालयमा शुद्ध पेयजलका लागि भगवती सामुदायिक वनले बोरिङ जडान गरी दिएको छ । सामुदायिक वनकै सहयोगमा विद्यालयमा छवटा कम्प्युटर र इन्टरनेटको व्यवस्था गरिएको छ । अङ्ग्रेजीसंगै विद्यालयमा पठनपाठन गर्दै आएका विद्यार्थीलाई कम्प्युटरसम्बन्धी शिक्षा दिने गरिएको छ । विद्यालयका शैक्षिक गतिविधिलाई कम्प्युटरमा विद्यालयले अभिलेखीकरण गर्ने कार्य गर्दै आएको छ । सोही सामुदायिक वनकै सहयोगमा विद्यालयको गतिविधि नियाल्न र सुरक्षाका लागि सिसिटिभी क्यामेरा जडान गरिएका छन् । दुईजना निजी स्रोतका शिक्षकको तलबका लागि वडा कार्यालयले रकम व्यहोर्दै आएको छ । वडाअध्यक्ष बहादुरसिंह महराका अनुसार विद्यालयको भौतिक पूर्वाधार विकासका लागि वडा कार्यालय र अन्य निकायबाट बजेट व्यवस्थापन गरी कार्य अगाडि बढाइएको छ । “स्वयम्सेवक शिक्षकको व्यवस्था गरी पढाइमा कमजोर रहेका र मेधावी विद्यार्थीहरुका लागि अतिरिक्त कक्षा सञ्चालनको कार्य गर्दै आएका छौँ”, विद्यालय व्यवस्थापन समितिका सदस्य नरसिंह ठगुन्नाले भन्नुभयो, “स्थानीय पर्वलाई बढी जोड दिई अन्य पर्वहरुमा सहिष्णुता कायम राख्दै विद्यालयले शैक्षिक गुणस्तरमा जोड दिई विद्यालयलाई अरूभन्दा फरक तथा नमुना बनाउन स्थानीय पर्वबाहेक अन्य बिदा दिने गरिएको छैन ।” विसं २०४९ सालमा स्थापना भएको विद्यालयमा नौजना शिक्षक कार्यरत रहेका छन् । जसमध्ये दुई स्थायी, चार राहत, एक करार र दुई आन्तरिक स्रोतबाट तलब पाउने गरी शिक्षक, आन्तरिक स्रोतबाटै भान्से र सहयोगी नियुक्त गरिएका छन् ।
प्रकाशित मिति: शनिबार, पुस २, २०७९  १२:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ शुक्रबार, मंसिर २६, २०८२
हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई
हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई शुक्रबार, मंसिर २६, २०८२
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने बिहीबार, मंसिर २५, २०८२
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की बुधबार, मंसिर २४, २०८२
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदै
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदै बुधबार, मंसिर २४, २०८२
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन शुक्रबार, मंसिर १९, २०८२
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी बुधबार, मंसिर १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP