स्याङ्जा- शैक्षिक संस्थाबाट विद्युतीय उपकरण चोर्ने, ओसारपसार गराउने र पोखराको विभिन्न पसलबाट बिक्री बितरण गर्ने सात जना चोरलाई प्रहरीले पक्राउ गरेको छ ।
फेदीखोला-४ तल्लाचौरस्थित आरुखर्क आधारभूत विद्यालय र राम्चेदेवी आधारभूत विद्यालयबाट कम्प्युटर, प्रिन्टरहरू, प्रोजेक्टर लगायतका सामाग्री चोर्ने चोरहरुलाई प्रहरीले सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले उनीहरुलाई पक्राउ गरेर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा फेदीखोला-४ का २६ वर्षीय प्रेम विक, २१ वर्षीय सुमन सुनार र पुतलीबजार-४ का १९ वर्षिय समिर सुनार छन् ।
यस्तै चोरी भएका सामाग्री बिक्री गर्न संलग्न पोखरा बस्दै आएका लमजुङ जिल्ला सुन्दर बजार-११ का २९ वर्षीय राजु मजाकोटी र २७ वर्षीय अमृत दुरा छन् भने कास्कीका २९ वर्षिय प्रविन नेपाली र ३७ वर्षिय दिपेन्द्र पोख्रेललाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।
उनीहरुले गत २४ गते राती विधालय तोडफोड गरेर यी सामग्रीहरू चोरेको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरीले नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । उनीहरुमाथि चोरी तथा डाका मुद्दा दर्ता गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९ ०८:४४