थिमी -नौ लाख ५० हजार बराबरको सुनका गहना चोरी भएकाे प्रहरीले जनाएकाे छ ।
मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा डेरा गरी बस्ने धनुषा जनकपुर उपमहानगरपालिका–२ घर भएका ३२ वर्षीय धीरजकुमार अरगरियाको डेराबाट रु नौ लाख ५० हजार बराबरको सुनको गरगहना चोरी भएको प्रहरीले जनाएकाे हाे ।
महानगरीय प्रहरी वृत्त थिमिका अनुसार कोठामा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरूले ढोकाको ताला फुटाई दराजमा रहेको सुनका गरगहना चोरी गरेको हो ।
घटनाबारे प्रहरीले आजैदेखि अनुसन्धान अगाडि बढाएकाे जनाएकाे छ । चोरीमा संलग्न रहेकाहरुकाे खोजी सुरु गरेको प्रहरी वृत्त थिमिको मुद्दा शाखाले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९ १९:०३