दाेलखा - दलितबीचनै एकता हुन नसक्दा समाजमा रहेका जातीय विभेद र छुवाछूत अन्त्य हुन नसकेको नेपाली काङ्ग्रेस कि नेतृ तथा दलित अधिकारकर्मी सुनिता नेपालीले बताएकी छ्न्।
जातिय विभेदका घटनालाई राजनीतिक दृस्ठिकोणबाट हेर्ने परिपाटीले सदियौ वर्ष देखि समाजमा जरो गाडेर बसेको छुवाछूत अन्त्य हुन नसक्नु दलित कोटा खाएर माननीय भएकाहरूमा नै गहिरो प्रश्न उब्जिएको छ।
संसदमा जातिय विभेदका घटनालाई न्यूनीकरणको मुल मस्यौदा बनाएर प्रस्तुत हुनको सट्टा राजनीतिक एजेन्डालाइ प्राथमिकता दिनुले समस्या हल हुन नसकेको उनको भनाइ छ।
दलित समुदाय भित्रपनि विभिन्न जातजाति छन ति जात भित्र पनि कुन जात ठुलो भन्ने होटबाजि र अन्तर संघर्षको कारण एकात्मक सोचमा विकास हुन नसकेकोले तल्लो स्तरका जनसमुदाय पर्दा पछाडिको पात्र बन्न बाध्य रहेको उनले बताएकी छ्न्।
कानुन बनाएर पनि कार्यन्वन गर्न योजनाबद्ब ढंगले अगाडि नबढाएर स्थानीय तहले ठुलो भुल गरेको उनको गुनासो छ। प्रत्येक स्थानीय तहको वडाहरुमा दलित महिला सदस्य कानुनत रहने बाध्यकारि ब्यायवस्था रहे पनि जनप्रतिनिधिले नै भुमिका बिहिन बनाएकाे उनले बताइन् ।
दलित हक अधिकार माथि नै कुण्ठित गराएको र दलित महिला सदस्यको क्षमता अभिवृर्दि गराउनुको सट्टा स्थानीय तहको भेला बैठकमा सामेल हुने अवसरसमेत नदिएर स्वयंमको घरमा गएर हस्ताक्षर गराउने प्रवृत्ति बढेको उनकाे जिकिर छ ।
दलितका शिर्षकमा छुट्याइएको बजेट समेत अन्यत्र खर्च गराउने परिपाटीले बिगतका दिनमा जुन समस्या दलित समुदायले भोग्दै आएका थिए आजपनि उही ब्यायवस्थामा कायम रहेको र सभ्य समाज निर्माण गर्न जातीय विभेद र छुवाछूत अन्त्य गर्न स्थानीय सरकारले गहण भुमिका निर्वाह गर्नुपर्ने नेतृ नेपालीको भनाइ छ।
प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९ ०९:४८