कपिलवस्तु - झारफुक गरी उपचार गर्ने बहानामा जवरजस्ती करणी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ ।
बिरामी भएकी २७ वर्षीय एक महिलालाई गलत मनसाय राखी यहि मंसिर २० गते बेलुका अं. १० बजे समयमा कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर १० मेचकुरी डाडा स्थित कोरिया माई थान भन्ने स्थानमा लगी रातीको समयमा झारफुक गरेमा बिमारी ठिक हुन्छ भनी झुक्यानमा पारी झारफुक गर्ने निहुँमा जबरजस्ती करणी गरेकाे प्रहरीले बताएकाे हाे ।
फरार रहेका कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं. १० मेचकुरी बस्ने अं. २७ बर्षीय पप्पु हरिजन मंगलवार ईलाका प्रहरी कार्यालय पिपराको प्रहरी द्धारा पक्राउ परेका छन । पक्राउ परेका हरिजनले यस पुर्व पनि यस प्रकारका अपराधिक कार्य गरेको हुन सक्ने भन्ने सुचनाको आधारमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
यस प्रकार बिमार भएको मौका छोपी कोही कसैले रातीको समयमा झारफुक गर्ने बहानामा अपराधिक कार्य गर्न गराउन सक्ने हुनाले सो तर्फ सचेत रहन जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सम्पुर्ण सर्व साधारणलाई अनुरोध समेत गरेको छ ।