धनुषा-मोटरसाईकलको ट्याङ्किभित्र लुकाएर ल्याएकाे रुपैयाँ प्रहरीले बरामद गरेकाे छ ।
मोटरसाईकलको ट्याङ्किभित्र लुकाई छिपाई ल्याउँदै गरेको २४ लाख १७ हजार नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले मंसीर २७ गते भारत घर बताउने २३ वर्षिय उमेश कुमारलाई नियन्त्रणमा लिएको हाे ।
धनुषा जिल्लाको बिदेह नगरपालिका ९ ईटहर्वा स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले उनलाई नियन्त्रणमा लिएको जनाएकाे हो ।
विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाईकलमा उल्लेखित रुपैयाँ फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका कुमारलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा र बरामद रुपैयाँ तथा मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९ १८:३३