काठमाडौं - काठमाडौंको लैनचौरमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक जलमग्न भएको छ ।
खानी तथा भूगर्भ विभागको कार्यालय बाहिर मूल सडकमुनि बिच्छ्याइएको मेलम्ची आयोजनाको पाइप फुट्दा सडक भत्किएकाे छ ।
यसका साथै सडकमा भल बगेको छ , जसले गर्दा सवारी चालक र सर्वसाधारण समस्यामा परेका छन् ।
पाइप फुटेर ठूलो पानी सडकमा निस्किएको हो ।
प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९ १६:२५