मोरङ- ईडियन आर्मी बनाईदिन्छु भनेर ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेकाे छ।
ईडियन आर्मी बनाईदिन्छु भनी करिब २ करोड रूपैयाँ ठगी गरेको अभियोगमा आइतबार बिहान प्रहरीले एक जनालाई पक्राउ गरेको हाे ।
ठगी गरेको अभियोगमा पथरीशनिश्चरे नगरपालिका-३ बस्ने ४३ वर्षीय नरेन्द्र पाख्रिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
तामाङले करिब २५ जना ब्यक्तिहरुलाई इंडियन आर्मी बनाउँछु भनि जनही ५ देखि ६ लाख उठाई उक्त रुपैयाँ ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९ १७:४६