कपिलवस्तु - कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा स्थित रहेको मदरसामा निर्माण व्यवसायी संघ तौलिहवा खाध्यान्न वितरण गरेकाे छ ।
'पुर्वाधार विकास राष्ट्र निर्माणको अधार बनौ सर्व पक्ष जिम्मेवार 'भन्ने मुल नाराका साथ प्रभात फेरी कार्यक्रम अन्तर्गत १५ औँ राष्ट्रिय निर्माण दिवसको उपलक्ष्यमा कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा स्थित रहेको मदरसा अहले सुन्नत नैमुल वोलुम मस्जिद मा पढि रहेका १५५ जना छात्र छात्राहरुलाई रु १५००० /- जति को खाध्यान्न वितरण गरिएको छ ।

जसमा चामल सभा मसुरी १ कियुन्टल दाल २५ किलो तेल ५ लिटर मसला १० पाकेट नुन १० पाकेट बराबर को समान उक्त मस्जिद का पेश इमाम हजरत मौलाना अलि हसन निजामी लाई निर्माण व्यवसायी संघ कपिलवस्तु तौलिहवा का अध्यक्ष सरोज अर्याल द्वारा हस्तान्तरण गरिएको छ ।
लुम्बिनी प्रदेश उप महासचिव दिनेश हमालका अनुसार अहिले यस निर्माणधिन मस्जिद तौलिहवा लाई स्वदेश तथा विदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनीहरूमा यस मस्जिद निर्माण का लागि सहयोग गर्न अपिल समेत गरेका छन् । यसमा गरिब असहाय बालबालिकाहरुले पढी रहेको ले गर्दा सम्पुर्ण संघ संस्थाले हेसलाइ न हेरी सबै तिर सहयोग गरिरहेकोले गर्दा सम्पुर्ण संघ संस्था लाई यस मस्जिद निर्माणमा आफु ब्यक्तिगत सहयोग गर्ने र सम्पुर्णमा सहयोग गर्न अनुरोध समेत गरेका छन्।
त्यस्तै समाजसेवी रबि ठाकुरका अनुसार कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा स्थित यस मदरसा लाई सबै ले सहयोग गरी यसको निर्माण मा सहयोग गर्न सम्पुर्णमा अपिल गर्दै सबै जनाले बाल गृहमा रहेका बालबालिकालाई मात्र हेर्ने गरेकाले यस मदरसामा अध्ययनरत बाल बालिकालाई न गरेकोले गर्दा आज निर्माण व्यवसायी संघ कपिलवस्तु तौलिहवा ले सानो सहयोग सहि शुरुवात गरेकाले सम्पुर्ण तौलिहवा बासी लगायत कपिलवस्तु तथा नेपाल अधिराज्य भरीका सम्पुर्ण मा यस मस्जिद निर्माण का लागि आफ्नो तर्फबाट सक्दो सहयोग गरी पुन्य कमाउने र मुस्लिम धर्मावलम्बीहरुका लागि इबादत गर्ने ठाउँ बनाउन सबैमा अनुरोध गरेका छन् ।
त्यस्तै गरि मदरसा अहले सुन्नत नैमुल वोलुम मस्जिद तौलिहवाका कार्य समिति का सह सचिव जियाउल हक मनिहार ले जुन यो मस्जिद निर्माण हुन लागेकोले गर्दा आ -आफ्नो तर्फबाट सक्दो सहयोग गरी मस्जिद निर्माणमा सहयोग गर्न सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनीहरूमा अनुरोध गरेका छन्।
उक्त हस्तान्तरण कार्यक्रममा निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका उप महासचिव दिनेश हमाल, समाजसेवी रबि ठाकुर नेपाली कांग्रेसका नगर सभापति खुर्सेद अहमद खाँ, नेपाली कांग्रेसका राजेश ग्यावाली, निर्माण व्यवसायी संघ कपिलवस्तु का पुर्व अध्यक्ष गुन्जन गुप्ता कपिलवस्तु नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अशोक गुप्ता कपिलवस्तु नगरपालिका वडा १० का वडा अध्यक्ष सन्दिप पाण्डेय जसपा नेपाल पार्टी कपिलवस्तु का सह सचिव इरफान खान नेकपा एमाले का अजाद दर्जी मदरसा अहले सुन्नत का कार्य समितिका सह सचिव जियाउल हक मनिहार सदस्य इबरार खाँ तथा समाजसेवी मुमताज खाँ, रमिम खाँ, खान बाबा निजामी लगायतका उपस्थितमा उक्त खाध्यान्न वितरण गरिएको थियो।