Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • मनोरञ्जन क्षेत्र रातभर खुला गर्ने निर्णय अव्यावहारिक
मनोरञ्जन क्षेत्र रातभर खुला गर्ने निर्णय अव्यावहारिक
बिहीबार, मंसिर २२, २०७९
Hardik health
काठमाडौं–सरकारले मनोरञ्जनात्मक क्षेत्रको सञ्चालन समय थप गरेको छ । दोहोरी साँझहरुलाई राति १२ बजेसम्म र डान्स बारहरुलाई बिहान ४ बजेसम्म सञ्चालन गर्न दिने निर्णय सरकारको छ । राति अबेलासम्म यी क्षेत्र खोल्न दिँदा व्यवसायीहरुलाई फाइदा भयो । तर, अन्य सर्वसाधारण मर्कामा परेका छन् । रातिभरि मदिरा पिएर बबाल मच्चाउने, कुटाकुट गर्ने, आफूसँग भएको पैसा सिध्याउने, अरुलाई डिस्टर्ब गर्ने, होहल्ला गर्नेलगायतका कार्य अब बढ्ने देखिन्छ । यसले थप बेथिति मच्चिने निश्चित छ । सुरक्षामासमेत चुनौती आउने देखिन्छ । पहिले दोहोरी साँझ राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइन्थ्यो । यता, डान्स बारहरु राति १२ बजेपछि सञ्चालन गर्न प्रतिबन्ध लगाइएको थियो । सुरक्षामा खतरा हुने देख्दादेख्दा पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले किन समय थप ग¥यो ? यसले विभिन्न आपराधिक र गैरकानुनी क्रियाकलाप निम्त्याउने जान्दाजान्दै पनि प्रजिअ घनश्याम उपाध्यायले व्यवसायीको पक्षमा निर्णय गरिदिए । यो निर्णय गर्नका लागि व्यवसायीहरुले मोटो खर्च गरेको देखिन्छ । यसले समाजलाई कति असर पर्छ ? समाज, टोलमा कति विकृति फैलिन्छ भन्ने ख्याल गरिएन । जति पनि दोहोरी साँझ, डान्स बारहरु छन्, ती सबै घनाबस्तीको बीचमा छन् । यी क्षेत्र रातभर खोल्न दिँदा छरछिमेकलाई त डिस्टर्ब हुने भो । दिनभरि थाकेर आएकालाई डान्स बार र दोहारी साँझको आवाजले कति सताउँला ? सरकारको निर्णयले जनतालाई सुत्न र आराम गर्नबाट पनि वञ्चित गरेको छ । रातभर दोहोरी साँझ, रेस्टुरेण्ट र डान्स बार खोल्दाको असर घरपरिवारमा अवश्य देखिन्छ । राति छोराछोरी, बाबुआमा अबेला आउँदा घरपरिवारलाई चिन्ता हुन्छ । श्रीमती घरमा कुरेर बस्छिन्, श्रीमान् मदिरापानमा रमाइरहेका हुन्छन् । छोराछोरी रातभर बाहिर बस्दा बाबुआमालाई कति तनाव हुन्छ ? सरकारले घरपरिवार बिगार्ने काम गरिरहेको छ । राति जाँड खाएर गाडी चलाउँदा सवारी दुर्घटनामा पर्न सक्छ । सरकारले कतितिर सुरक्षा दिने ? रातभरि यी क्षेत्र खोल्न दिँदा फाइदा होइन बेफाइदा छ । राति ९ बजेपछि हरेक व्यवसाय बन्द गर्न लगाउनुपर्छ । व्यवसाय गर्ने नाममा घर, समाज बिगार्नु ठीक होइन । तर, सरकारले त्यसको दोस्रो पाटो हेरेन । व्यवसायीले कर तिरेका छन् भन्दैमा समाज बिगार्ने काम गर्न त पाइँदैन नि । सरकारको यो निर्णयको विरोधमा हाल सर्वसाधारणले आवाज उठाउन थालिसकेका छन् । डान्स बार, दोहोरी साँझलगायतका मनोरञ्जनात्मक क्षेत्रलाई उपत्यकाबाहिर सार्नुपर्ने माग उठेको छ । दिनभरि काम गरेर थाकेको ज्यान, त्यहीमाथि आराम गर्न नपाउँदा कति रिस उठ्छ ? जनतालाई दुःख दिएर व्यवसायीहरु कमाउने अनि राज्यले कर उठाउने, यो त मिलेन । मनोरञ्जन दिने भनेर उपत्यकाभित्र सञ्चालन भएका यस्ता व्यवसायलाई हटाउन वा बन्द गर्न जनताहरुले नै आवाज उठाउने देखिन्छ । कि यसलाई सार्नुप¥यो, कि बन्द गर्नुप¥यो भनेर माग उठ्न थालेको छ । डान्स बार, दोहोरी साँझमा काम गर्ने अधिकांशको घर व्यवहार बिग्रिएको छ । आफ्नो त बिग्रियो बिग्रियो, अरुको पनि बिगार्छन् । जनताको घरमा झगडा बनाइदिने, तनाव दिनेलगायतका कार्य सरकारबाटै भइरहेको छ । होटल व्यवसायीलाई फेरि यसले भव्य फाइदा हुन्छ । दिउँसो १०० रुपैयाँ पर्ने सामान राति एक हजार रुपैयाँमा बेच्न पाइयो । तर, त्यहाँ कार्यरत कर्मचारी र ग्राहकको घर व्यवहार तहसनहस भएको छ । राज्यले यस्ता क्षेत्रलाई दिउँसै सञ्चालन गर्न दिनुपर्छ । सरकारको यो निर्णय व्यावहारिक छैन । त्यसैले यी व्यवसाय रातको समयमा बन्द गर्नुपर्छ । राज्यले जनताको विषयमा ख्याल नगरी व्यवसायीको पक्षमा निर्णय ग¥यो । व्यवसायीको हितमा राज्यले काम गरिरहेको छ । यो निर्णयले जनतालाई कति क्षति पुगेको छ ? दुर्घटना कति हुन्छ ? लगायतका विषयमा कुनै पनि अध्ययन गरिएको छैन ।  
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP