रूपन्देही- बसको ठक्करबाट एक जनाको मृत्यु भएकाे छ । बुटवल उपमहानगरपालिका-११ मझुवास्थित सडकमा लु.१ क १५७९ नम्बरको बसको ठक्करबाट एक जनाको मृत्यु भएकाे प्रहरीले जनाएकाे हो ।
बसको ठक्करबाट सोही ठाउँ बस्ने गोबिन्द खत्रीको छोरा १५ महिनाको बिहानी खत्रीको आइतबार बिहान मृत्यु भएको हाे ।
ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
बस चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९ १७:५४