कपिलवस्तु – कपिलवस्तु नगरपालिका–१ तौलिहवामा निर्माणधीन चिल्ड्रेन पार्कको मर्मत तथा सुधार गर्नका लागि पहल थालिएको छ । उक्त वडाका अध्यक्ष जाहिद खाँको अगुवाइमा पार्क मर्मत कार्य सुरु गरिएको हो ।
पर्यटन डिभिजन कार्यालय रुपन्देहीका निमित्त कार्यालय प्रमुख अस्तराज गौतमलगायतका टिमलाई बोलाएर मर्मत तथा सुधारका लागि निरीक्षण गराई मर्मत गर्न स्टिमेट तयार पारिएको वडाध्यक्ष खाँले जानकारी दिए ।
निर्माणधीन अवस्थामा रहेको चिल्ड्रेन पार्क प्रयोगविहीन रहेकाले यसलाई पुनःसञ्चालनमा ल्याउने र यसमा बत्तीहरु जडान गरिने बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९ ०९:२१