रौतहट -श्रोत नखुलेको रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
रौतहट जिल्लाको गौर नगरपालिका ५ स्थित बरहवा पुल ईलाकाबाट ११ लाख ३९ हजार ८ सय नेपाली रुपैयाँसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेहरुमा रौतहट जिल्लाको गढीमाई नगरपालिका ४ संग्रामपुर बस्ने २९ वर्षिय राजु कुमार यादव र सोही नगरपालिका ९ बरियारपुर बस्ने ३३ वर्षिय राजेश प्रसाद यादव छन् ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले प्रदेश ३–०२–०१३ प ४९५६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुको साथमा फेला पारेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरुलाई बरामद रुपैयाँ तथा मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९ ०७:४८