सालझण्डी - मानिसको मृत्यु भएको १ वर्ष कैद ठहर भई फरार रहेका मानिस पक्राउ परेका छन् ।
मिती २०७६ सालमा सवारी दुर्घटनामा मानिस मृत्यु भएकोमा मिन बहादुर घर्ती मगरको जाहेरीले सवारी ज्यान मुद्दामा सम्मानित रुपन्देही जिल्ला अदालतको मिति २०७८।०९।०८ गतेको फैसलाले १ वर्ष कैद तथा रु २,०००।-जरिवाना ठहर भई फरार रहेका प्रतिवादी यमलाल पाण्डेलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
रुपन्देही जिल्लाकाे साविक रुद्रपुर गाविस वडा नं ४ हालको कञ्चन गाँउपालिका वडा नं ५ मा बसोबास भएका फरार प्रतिवादी यमलाल पाण्डे विभिन्न स्थानमा लुकीछिपी बसिरहेको छन् भन्ने गोप्य सूचनाको आधारमा उनलाई प्रहरीले पक्राउ गरेकाे जनाइएकाे छ ।
प्रतिवादी पाण्डेलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी निरिक्षक जगन्नाथ मरासिनीकाे टाेलीले खोजतलास गर्दा यमलाल पाण्डे निजको घरवतनमा लुकिछिपी बसेको अवस्थामा मंगलबार बिहान पक्राउ परेका हुन् ।
फेला पारी तत्काल पक्राउ गरी फैसला कार्यान्वयनको लागी रुपन्देही जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कारागार चलान भएका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९ १८:३०