ललितपुर - मन्दिरबाट विभिन्न मूर्तिहरू चोरी भएकाे छ ।
गोदावरी नगरपालिका-५ लेलेस्थित जलकुमारी बालकुमारी मन्दिरमा रहेका ३३ कोटी देवताहरुको मूर्तिमध्येबाट २५ वटा स-साना सहायक मूर्तिहरु गएराति चोरी भएको हाे ।
मूर्तिहरू चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लेले र प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९ १७:३९