काठमाडौं - काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त भएको छ।
सोमबारबस्ती हटाउन गएको महानगरको टोलीमाथि स्थानीयले ढुंगामुढा गरेपछि उक्त क्षेत्र तनावग्रस्त बनेको हो।
एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो।
नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन समितिले सूचना प्रकाशन गरेकाे थियो।
स्थानीयले वैकल्पिक व्यवस्थावि नै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका छन् ।
अहिले यो क्षेत्रमा बाक्लो मात्रामा प्रहरी परिचालन गरेको छ।
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९ १८:१७